व्यवसायी महतोद्वारा जनकपुरधाम उपमहानगरकाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा
आसन्न स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उप–महानगरपालिका मेयर पदको लागि शनिवार नाम चलेका एक व्यवसायीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन । पार्टीको नेता हैन स्थानीय विकासमा समर्पित जन सेवकलाई चुनौ भने मुल नाराका साथ रमण कन्स्ट्रक्सनका संचालक बलराम महतोले मेयरको लागी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार हुन ।
काँग्रेस, एमाले, जसपा, लोसपा लगायतका दलले अहिलेसम्म जनकपुरधाम उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
जनकपुरधामको समुचित विकासका लागि कन्स्ट्रक्सनको काम नयाँ पुस्तालाई हस्तान्तरण गरेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । ‘आफु मेयरमा निर्वाचित भएपछि जनकपुरको मुहार फेरिदिन्छु,’ उनले भने, ‘विकास निर्माण गर्न र मन्त्रालयबाट थप बजेट ल्याउन आफुसँग अनुभव छ ।’ लामो समयको अनुभवलाई जनकपुरधामको विकासमा लगाउने उदेश्य राखेर स्वतन्त्र उम्मेदवारी दिएको उनले बताए ।
नेकपा माओवादीका नेता एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), माओवादीकै अर्का नेता बादल आफ्नो क्लासमेट भएको जानकारी दिँदै उनले दलीय कित्ताभन्दा बाहिर बसेर समाजसेवा गर्ने मनसायले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए ।
‘दलीय कित्ताबाट उम्मेदवार बनेर नगरको विकासका लागि स्वतन्त्र रुपले काम गर्न सकिँदैन,’ उनले भने, ‘त्यसैले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ ।’ राजनीतिक दलहरूबाट पार्टीमा लाग्न आफूकहाँ प्रस्ताव नआएको होइन । दलमा लागेपछि समाजसेवा गर्न सक्ने अवस्था नदेखेपछि स्वतन्त्रबाटै चुनाव लड्न आफु तयार भएको उनले जानकारी दिए ।
भरतपुर सिञ्चाई कार्यालयमा १७ वर्ष सरकारी जागिर गरेर २०४७ सालदेखि कन्स्ट्रक्सनको स्थापना गरेर विकास निर्माणको काम गर्दै आएको उनले बताए । देशको विभिन्न स्थानमा विगत ३० वर्षदेखि निरन्तर पूर्वाधार विकासमा योगदान पुर्याउँदै आएको उनले जानकारी दिए ।
जनकपुरधामको महत्वाकांक्षी आयोजना नेपाल रेल्वेको ट्रयाक लाइनदेखि विदेशीको मुख्य आकर्षण र देशकै गौरवको आयोजना धरहरा पुनःनिर्माण आफुले नै गरेको बताउँदै व्यवसायी महतोले अब आफ्नै नगरलाई सफा, सुन्दर र आकर्षक बनाउने अभिप्रायले स्वतन्त्र उम्मेदवारी घोषणा गरेको उनले बताए ।
उम्मेदवारी घोषणाको क्रममा उनले आफुले अहिलेसम्म स्वतन्त्र उम्मेदवारहरूको प्यानल नबनाएको र प्यानल बनाउने योजना पनि आफ्नो नरहेको उनले स्पष्ट पारे । यदि कोही स्वतन्त्र उम्मेदवार आफुसँग मिलेर लड्न आए भने त्यसलाई स्वीकारेर अगाडि बढ्ने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : अध्यक्ष अग्रवाल
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत