बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

बाघले बेपत्ता बनाएका वृद्धको शव भेटियो

शनिबार, २६ चैत २०७८, १२ : ५९
शनिबार, २६ चैत २०७८

बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका– १२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो । उनको शव जितपुरघाटमा भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो । बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । शव ११ः २० बजे भेटिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप