आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा बाघको आक्रमणपछि एक वृद्ध वेपत्ता

शनिबार, २६ चैत २०७८, १२ : ५५
शनिबार, २६ चैत २०७८

बाघको आक्रमणबाट एक जना बेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आज बिहान ९ः ०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरेर लगेपछि उनको खोजी कार्य भइरहेको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । खोजी कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप