बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँको नाङ्ले बजारमा टिपर दुर्घटना, सह चालकको मृत्यु

शनिबार, २६ चैत २०७८, १२ : ५०
शनिबार, २६ चैत २०७८

काठमाडौँको नाङ्ले बजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।  शङ्खरापुर नगरपालिका–१ नाङ्ले बजारमा बा४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर  बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप