शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकाका नेवारी बस्तीहरु, हेर्नुहोस् तस्बिरमा

शनिबार, २६ चैत २०७८, १२ : १३
शनिबार, २६ चैत २०७८

बढ्दो शहरीकरणले उपत्यकाको नेवारी बस्तीहरु मासिँदै गएका छन् । यस्तै २०७२ सालमा गएको भूकम्पले उपत्यकाको मौलिक, ऐतिहासिक, पुरातात्विक महत्वका धरोहरहरुलाई त तहसनहस बनायो । काठमाण्डौ उपत्यका अर्थात नेवार यी दुवै पर्याय र परिपूरक हुन् । नेपालको इतिहासमा नेवारहरूको योगदान अतुलनीय छ ।

ऐतिहासिक पुरातात्विक महत्वको काठमाडौं उपत्यकालाई नेवारी कला, संस्कृति, भाषा, जीवनशैलीले अझै जीवन्त बनाइ रहेको छ । यहाँको बस्ती, भाषा र कलाले संसारकै ध्यान तानेको छ । प्रकृति र मानव सृजित विभिन्न हन्डर–ठक्कर खाएर पनि उभिइरहेको उपत्यकाको नेवार बस्तीलाई हामीले तस्बिरमा कैद गर्ने कोशिस गरेका छौं ।

यसैलाई केन्द्रमा राखेर न्युज एजेन्सी नेपालका फोटो पत्रकारहरुले उपत्यकाका खोकना, बुङमती, कीर्तिपुर, ठेचो, सिद्धिपुर, लुभु, भक्तपुर, पाटनका बिभिन्न स्थानमा गएर खिचिएको तस्बिरहरु । यी तस्बिरहरुमा नेवार समुदायको रहन–सहन, दिनचर्या, कला–संस्कृसतलाई देखाउन खोजिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप