बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एक हजार नाविक युक्रेनी बन्दरगाहमा फसे : राष्ट्रसंघ

शनिबार, २६ चैत २०७८, १० : २४
शनिबार, २६ चैत २०७८

युक्रेनमाथि रुसले अतिक्रमण सुरु गरेपछि करिब एक हजार नाविकहरू बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र पानीमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार  नाविकहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् । 

फसेकामध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका छन् । उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरू आपूर्ति गर्न मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप