एक हजार नाविक युक्रेनी बन्दरगाहमा फसे : राष्ट्रसंघ
शनिबार, २६ चैत २०७८, १० : २४
युक्रेनमाथि रुसले अतिक्रमण सुरु गरेपछि करिब एक हजार नाविकहरू बिचल्लीमा परेका छन् । युक्रेनी बन्दरगाह र पानीमा फसेका व्यापारिक जहाजहरूमा रहेका करिब एक हजार नाविकहरूलाई मद्दत र सुरक्षा गर्न संयुक्त राष्ट्र संघका दुई एजेन्सीहरूले आह्वान गरेका छन् ।
फसेकामध्ये १०० भन्दा बढी व्यापारिक जहाजहरूले युक्रेनी बन्दरगाह छोड्न नसकेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) का प्रमुखहरूले बताएका छन् । उनीहरूले शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त, रेडक्रसको अन्तर्राष्ट्रिय समिति र डाक्टर्स विदाउट बोडर्ससलाई जहाजहरू आपूर्ति गर्न मद्दत गर्न ‘तत्काल कदम चाल्न’ आग्रह गर्दै पत्र पठाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी