इमरान खानलाई नवाजको सुझाव : भारत त्यति धेरै मनपर्छ भने त्यहीँ सार्नुहोस्
पाकिस्तानका पीएमएल–एन नेता मरियम नवाजले प्रधानमन्त्री इमरान खानलाई भारत बसाइसराइ गर्न सुझाव दिएकी छन् । नवाजले ट्वीट गर्दै भनेकी छन्, "भारत त्यति धेरै मनपर्छ भने त्यहाँ सिफ्ट हुनुहोस्, पाकिस्तानको ज्यान छाड्नुहोस् ।
शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले संसद ब्यूँताउने सर्वोच्च अदालतको निर्णयको आलोचना गरेका थिए। यो अवधिमा उनले विपक्षीमाथि गम्भीर आरोप लगाउँदै भारतको प्रशंसा गरेका थिए । खानले भनेका थिए, 'कुनै पनि विदेशी शक्तिलाई भारतको विदेश नीतिमा हस्तक्षेप गर्ने हिम्मत छैन।' भारत स्वाभिमानी देश हो। भारतको विदेश नीति स्वतन्त्र छ र हरेक दबाबलाई बाइपास गर्छ, यसले रुसबाट तेल लिइरहेको छ ।"
खानको सम्बोधनपछि म्यारियम नवाजले ट्वीट गर्दै भनेको छन्, "तपाईं जुन भारतको प्रशंसा गरिरहनुभएको छ, त्यहाँ विभिन्न प्रधानमन्त्रीहरु विरुद्ध अविश्वास प्रस्ताव ल्याएको इतिहास छ। तीमध्ये कसैले पनि संविधान, लोकतन्त्र र नीतिसँग खेलवाड गरेनन्। वाजपेयीले एक मतले हारे, घर गए । देश, संविधान र जनतालाई तपाईंले जस्तै बन्धक बनाएनन् ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३२ दिनपछि खुल्यो कर्णाली स्वास्थ्य प्रतिष्ठानमा लागेको ताला
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने