
वास्तविक विवरणको आधारमा सिमकार्ड दिन निर्देशन

नेपाल दुरसञ्चार प्राधिकरणले मोबाइल सेवा प्रदायकका सिमकार्ड तथा रिमकार्डहरु बिक्री वितरण गर्दा केवाईसी (KYC) फारम भरेर मात्र वितरण गर्न निर्देशन दिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणको अनुगमन महाशाखाले सूचना जारी गर्दै रितपूर्वक नभरी र नियमानुसार कागजातहरु रुजु नगरी सेवा प्रदायकहरुबाट सिमकार्ड तथा रिमकार्ड बिक्री वितरण भइरहेको पाइएकोले नियम अनुसार गर्न आग्रह गरेको हो ।
साथै, प्राधिकरणले आफ्नै वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड तथा रिमकार्ड खरिद गर्न ग्राहकहरुलाई आग्रह गरेको छ । प्राधिकरणले सूचनाविपरित सिमकार्ड तथा रिमकार्ड बिक्रीवितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने समेत जनाएको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ