मध्यनेपालमा पर्ने खत्रेठाँटी-कुन्छा-सोतिपसल सडक कालोपत्रे हुने
लमजुङको सुन्दरबजार र मध्यनेपालअन्तर्गत पर्ने खत्रेठाँटी-कुन्छा-सोतीपसल सडक स्तरोन्नतिका लागि शिलान्यास भएको छ । सुन्दरबजार २, हाँडेटारदेखि मध्यनेपाल १, निवुवाटारीसम्म करिब ११ किलोमिटर सडक दुई वर्षभित्र कालोपत्रे हुने गरी स्तरोन्नतिको काम सुरु भएको हो । सडक स्तरोन्नतिका लागि प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत बजेट विनियोजन गरेको थियो ।
पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार सडक कालोपत्रेका लागि सोतीपसलतर्फ मध्यनेपाल–१, जिता बेसीबाट काम सुरु भएको हो । आगामी दुई वर्षभित्र कालोपत्रे काम सम्पन्न गर्ने लक्ष्यसहित स्तरोन्नतिको काम सुरु भएको कार्यालयले जनाएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार हाँडेटारदेखि निबुवाटारीसम्मको १० दशमलव ८० किलोमिटरमध्ये तीन किलोमिटर सडक ढलान गरिनेछ । सुन्दरबजार नगरपालिकाअन्तर्गत जिल्लाकै पुरानो सदरमुकाम समेत रहेको कुन्छाको दुईतर्फी भिरालो तीन किलोमिटर सडकमा ढलान हुने भएको हो ।
उक्त सडक कालोपत्रे भएसँगै भेगका नागरिकलाई सदरमुकाम आउन र जिल्लाको सुन्दरबजार, राईनास, दोर्दी र मर्स्याङ्दी क्षेत्रका नागरिकलाई प्रदेश मुकाम पोखरा जान सहज हुने अपेक्षा गरिएको छ । सडक निर्माणका लागि काठमाडौंस्थित महावीर प्रधान जेभीले जिम्मा पाएको छ । करिब २८ करोड रुपैयाँ लागतमा २०८० को असोज महिनाभित्र सम्पूर्ण काम सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालय प्रमुख सुमन गिरिले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद व्यवस्थापन गर्न ३ सय नगर प्रहरी परिचालन गरेका छौँ : बालेन
-
सप्तकोशीको टापुमा ३० जना फसे, पानीको बहाब ५ लाख क्यूसेक पुग्न लाग्यो
-
नख्खु खोलाले बगाएर ल्याएका सशस्त्र प्रहरीका उद्दारकर्ताको सफल रेस्क्यु (तस्बिरहरु)
-
बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु
-
काभ्रेको नार्केमा रोशी खोलाले करिब १० पक्की घर बगायो
-
डुबानमा काठमाडौँका करिडोर