कविता : बाटोको घोत्ल्याइँ
आकाङ्क्षाको मैदानमा
रहरहरूको सद्बिउ छर्दै
ससाना मानिसहरूले
साँझ बिहान हात मुख जोर्न
नसकेको देखेर
धेरै समयदेखि
सोचमग्न छ बाटो
ठूला ठूला मानिसहरू
होर्डिङ बोर्डमा लेखिएका
पढ्न सकिने अक्षर जसरी
रङ्गी बिरङ्गी सपना देख्छन्
भुइँकासम्मलाई छुनेगरी
कुनै भावना मनमा आउँदा
अपराध बोध हुने भयले
राज्यले दोहन गरेको
सरोकारवाला विषयलाई
पनि आँखा चिम्लेर
समर्थन गर्छन्
यो सारा सम्झेर
बाटोको अल्झ्याइँ बढेको बढ्यै छ
हिमाल पहाड तराई
शिथिल भएको
माथिकोले देख्दैन
अन्न बाड्नुपर्नेमा
दाना छरेर कैयौँ अनुपम
काम गरेको अहम् पालेर
निदाएको छ राज्य व्यवस्था
कर महँगी छली बलात्कार
दुई नमबरी, भ्रस्टाचार, अभाव गरिबीबाट
अक्रान्त जनता
यो सबैमा केही गर्व हुने
स्थिति नहुँदा
पिलन्धरे चेहरामा प्रस्तुत छ बाटो
जङ्गल किनारमा
आगो तापेर रात गुजार्न
कुन मुसहरलाई रहर होला
ओढारमा पसेर
जीवन बिताउनु कुन
कुन राउटे या चेपाङलाई सहज होला
भिरैभिरको कुटीमा बस्न
कुन जनजाति या ब्राह्मणलाई
राम्रो लाग्ला
कहाँ छ
ऐन कानुनको उपस्थिति
जहाँ खुलेआम
सर्वसाधारण सिमानामा लुटिएको छ
खोइ कहाँ छ कानुन
जहाँ डेढ वर्षकी बालिकासम्म
सामूहिक बलात्कारको सिकार बन्छिन्
यो क्रुरताहरूको उत्सवमा बाटो
बिलखबन्द छ
आउछिन् कि आउदिनन्
बजार गएकी आमा सकुशल घरमा
आउँछ कि आउँदैन
बिहान स्कुल गएका नानीहरू
सकुशल साझमा बाउआमा भए ठाउँमा
बिरक्तिलाई प्राप्ति या खुसी
भन्न सकिँदैन
तर यहाँ केही नगरेर महानताको
उद्घोष गरिएको छ
यो सबै देखेर बाटो लज्जित छ
दुर्घटनाको ताण्डव दृश्य
शमशेरगञ्जमा देखियो
मापसेहरूलाइ गाडी चलाउन नदिएर
बालबच्चालाई अनाथ हुन नदिन
कर्णालीवासीलाई भोकको सुनामीबाट बचाउन
दुई छाक खान पनि
धौ धौ पर्नेहरूको ओठमा हासो ल्याउनेबारे
सोच्ने समय कसैलाइ छैन
अझ निम्न हरू अभाबको पछ्यौरी ओढेर
थिलथिलो त छन् नै
त्यसमाथि आफन्तको उपचार खर्च
जुटाउन नसक्दा बन्धन्कसम्म बनेको
जिउँदो दृष्टान्त देख्दासम्म
माथिका ठूला बडाहरू
आदर्श र प्रसंशामा ¥याल चुहाउँदै
आत्म रतिमा आनन्द मानेको देख्दा
बाटोको पीर अझ बढेको छ
केही हुन सक्तैन
बकमफुसे राग अलापेर
केही उपलब्धि हुन्न
आफू आफू नै जुधेर
मुली अहिलेको मात्र खराब होइन
पैलेका पनि उस्तै थिए
पैसा भने पछि महादेवका तीन नेत्र भनेझैँ
निर्लज्ज हुन्जेल अहं केही हुनेवाला छैन
यो देशमा
काठमान्डु नै विकास हो भन्ने मानसिकता
नत्यागेसम्म,
केही विकाशोन्मुख सहरलाई हेरेर
अब सम्पन्नताको छलाङ मारियो भनियो भने
त्यो पनि साँघुरो सोच मात्र हुनेछ
विकास हुनु
यौटा यौटा घरको मान्छेको हातमा
मोबाइल हुनु होइन
विकास भनेको
घरघरबाट कर्णधार युवा काम गर्न खाडी कतार
र अमेरिका, कोरिया बाहिर विश्व जानु होइन
नत त्यो
सिन्को भाँच्न गाह्रो मानेर भए भरको धन सम्पती
बैङ्कमा राख्दै व्यापार गर्नु हो
नत त्यो यहीँको माटो पाखोबारी
नसम्याएर बाह्रै घण्टा पराइको दासतामा
बाँधिनु हो
सम्पन्नता सबैको साझा खुशी हो
विकास देशलाई शिर उचो पार्ने कामको हो
खुसी यो देशका सम्पूर्ण सर्वसाधारण नेपालीदेखि लिएर
सबै खाले तप्का समूहको हो
तर कतै केहीँ नदेखेर बाटो
आलस्य छ
हनुमान भक्तिले
कुनै रोइलोलाई
आनन्द त देला
तर दिगो विकास र समुन्नतिको खाका कोर्दैन
अनि बिवोधको लागि विरोध नभएर
साना सानादेखि ठूलाठूला देशलाई खोक्रो पार्ने
छिद्रहरूलाई पुर्न सकियो भने
देशलाई अझ गरिबीको खाडलमा पु¥याउने
धमिराहरूलाइ ठीक पारियो भने,
यो देशका लटरम्म गुराँस र लालुपाते जस्तै
निश्छल तमाम आमाबुबा दिदीभाइ र नानीहरूको
ओठमा हाँसो भर्न सकियो भने,
यहाँको पर्यटनलाई मेरुदन्डको रूप दिँदै विदेशी डलर
आर्जन गर्न सकियो भने
तराई तथा पहाडी र पश्चिममा कम्लहरी,
छाउघर प्रथा जस्ता कुरामा निषेध गर्न सकियो भने
नारीमाथिको बर्बर अत्याचार, बलात्कार, चेलिबेटी
बेचबिखन रोकियो भने
यो सानो हाम्रो देश ढिलो चाँडो
स्वर्ग बन्नेमा शङ्का छैन
यतिका
सारा असल कार्य
गरिसकेपछि
रारा फेवामा कञ्चन पानी
चञ्चल हुनेछ
यही देश सन्सारका लागि विकासको
नमुना र मार्गदर्शक बन्नेछ
र अवश्य हट्नेछ बाटोको घोत्ल्याइँ ।
दमक, झापा
हाल– अबुधाबी, यूएई ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु हो : मन्त्री भण्डारी
-
सरकारले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्दै
-
युवालाई दक्षताअनुसारको रोजगारी दिनुपर्छ : सभापति देउवा
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच