यसकारण भरिन्छ पेटमा ग्यास, नगर्नुस् यस्ता गल्ती
पेटमा ग्यास भरिनु सामान्य कुरा हो । पाचन नलीमा हावा भरिएपछि ग्यास बन्न सुरु हुन्छ । सामान्य व्यक्तिले प्रतिदिन १ देखि ४ पोइन्ट ग्यास पास गर्ने गर्छ । पेटमा ग्यास बन्नुको कारण ब्लोटिङ पनि हुनसक्छ । जसको कारण मुश्किल पर्न सक्छ । पेटमा बन्ने ग्यासले तपाईंको छाती, पिठ्यूँमा असर पार्न सक्छ । जुन व्यक्तिको पाचन प्रक्रिया सही हुँदैन त्यस व्यक्तिमा ग्यासको समस्या धेरै हुन्छ । जो व्यक्तिको पाचन प्रक्रिया सही हुन्छ ति व्यक्तिहरुको पेटमा ग्यास भरिने सम्भावना कम हुन्छ । पेटमा ग्यास बन्नुका अन्य कारणहरु पनि छन् ।
केही खानेकुरा
पेटमा बन्ने ग्यासको कारण केही खानेकुराहरु हुन सक्छन् । जुन खानेकुरा पचाउन गाह्रो हुन्छ । जसमा कार्बोहाइड्रेट पनि पर्छ । यसलाई पचाउन मुश्किल हुन्छ । यो खानेकुरा पेटमा पुगेपछि ठूलो आन्द्रामा हुने ब्याक्टेरियाले यसलाई टुक्र्याउने काम गर्छन् जसको कारण पेटमा ग्यास पैदा हुन्छ ।
फ्याटी फुड
अधिक मात्रामा फ्याटी फुडको सेवन गर्दा पेटमा ग्यास बन्ने गर्छ । यस्ता खानेकुरा खाँदा पेटमा ब्लोटिङ र अत्यधिक मात्रामा ग्यास पैदा हुन्छ । फ्याटी फुड खाँदा पेटमा हाइड्रोजन, कार्बनडाईअक्साइड र मिथेन ग्यास बन्न थाल्छ । यदि कसैलाई आईबीएसको समस्या छ भने यस्तो समस्या झन् बढ्छ ।
खानासँगै पानी
खाना खाँदाखाँदै पानी पिउँदा पेटमा ग्यास भरिन्छ । जसले गर्दा पाचन प्रक्रियामा नराम्रो असर पर्छ । यसले गर्दा ब्लोटिङ हुने र ग्यास बन्ने समस्या पैदा हुन्छ । यसको समाधानका लागि खाना खाने समयमा पानी पिउन हुँदैन ।
व्यायाम
व्यायाम गर्दा पसिना आउँछ । पानी आउँदा शरीरमा सोडियम निस्किन्छ । जसको कारण पनि ब्लोटिङको समस्या सामना गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आफूलाई हाइड्रेट राख्ने गर्नुपर्छ । पानी धेरै पिउने गर्नुपर्छ । व्यायाम गर्ने समयमा धेरै मात्रामा पानी पिउने गर्दा ब्लोटिङको समस्या हुँदैन ।
खोकीको औषधि
खोकीको औषधिको सेवन गर्दा पेटमा ब्लोटिङ हुने र ग्यास भरिने सम्भावना हुन्छ किनकी यस्ता औषधिमा आर्टिफिशियल स्वीटनर्सको प्रयोग भएको हुन्छ । जसको कारण यसलाई पचाउन पेटलाई धेरै मुश्किल पर्ने भएकाले पेटका ब्याक्टेरियाहरु झन् धेरै बढ्ने भएकाले ग्यास भरिने र पेटमा दुखाई हुने गर्छ ।
फ्रुट जुस
केही फलफूलको जुसले कार्बोहाइड्रेट र चिनी उत्पादन गर्ने भएकाले पेटमा ग्यास बन्न थाल्छ । र दुखाई हुन सुरु हुन्छ । यसकारण जुसको सट्टामा फलफूलको सेवन उपयुक्त मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला यु–१९ एसिया कप : वर्षाले खेल अवरुद्ध
-
गाजामा युद्धविराम हुनेमा अमेरिकी विदेशमन्त्री ब्लिन्केन ‘आशावादी’
-
युक्रेनी युद्धमा कम्तीमा सय जना उत्तर कोरियाली सेनाको मृत्यु
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे