पन्जाबमाथि रोमाञ्चक जित निकाल्दै गुजरात दोस्रो स्थानमा उक्लियो
इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा गुजरात टाइटान्सले रोमाञ्चक जित निकाल्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । शुक्रबार भएको खेलमा गुजरात टाइटान्सले पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लेको हो ।
मुम्बईमा पन्जाबले जितका लागि दिएको १९० रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९० रन बनायो । गुजरातका लागि सुभमन गिलले अर्धशतकीय पारी खेले । ५९ बल खेलेका उनले ११ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै शाही शुदर्शनले ३५ रन बनाउँदा कप्तान हार्दीक पाड्याले २७ रनको योगदान गरे । अन्तिम ओभरको अन्तिम दुई बलमा १२ रन आवश्यक रहेको अवस्थामा राहुल तेवातीयाले दुई छक्का प्रहार गर्दै टिमलाई जित दिलाए ।
बलिङतर्फ पन्जाबका लागि कगिसो रबाडाले दुई विकेट लिए । त्यस्तै राहुल चहारले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो । पन्जाबका लागि लिमा लिभिङ्स्टोनले अर्धशतकीय पारी खेले ।
२७ बल खेलेका उनले ७ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै शिखर धावनले ३५ रन बनाउँदा जितेर शर्माले २३ रनको योगदान गरे ।
बलिङतर्फ गुजरातका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै दर्शन नालकान्डेले दुई विकेट लिए । गुजरातका लागि मोहम्द श्वामी, कप्तान हार्दिक पाड्या र लकी फग्यूसनले एक–एक विकेट लिए ।
जितसँगै गुजरातले ३ खेलमा ६ अंक जोडेको छ । गुजरात दोस्रो स्थानमा छ । पराजित पन्जाब ४ अंक जोडेर छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने