गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थल बनाइन्छ : मन्त्री आले
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । कैलालीको धनगढीमा आज धनगढी उपमहानगरपालिका र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन क्षेत्रको विकास गर्न भए पनि यो विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थलका रुपमा विकास गर्नुपर्ने बताए ।
उनले भने- ‘धनगढी विमानस्थल क्षेत्रीय स्तरको विमानस्थल बनाउँछौँ भनेर थुप्रै मन्त्री नेता आए तर कसैले पनि बनाएन, अब मैले बनाएरै देखाउँछु ।’ मन्त्री आलेले धनगढी विमानस्थलको स्तरोन्नती सहित क्षेत्रीय स्तरको विमानस्थल बनाए यहाँबाट पोखरा, विराटनगर, भैरहवा, वीरगञ्ज लगायतका ठूला सहरमा जहाज सञ्चालन गरिने र सुदूरपश्चिम क्षेत्रको विकासमा थप टेवा पुग्ने धारणा राखे । उनले भने, ‘पोखरा पर्यटकको राजधानी हो, त्यो राजधानीसँग धनगढी जोडिएको छ, मैले पोखरा र धनगढीलाई जतिसक्दो चाँडै जोड्ने काम गरेर देखाउँछु ।’
मन्त्री आलेले धनगढी विमानस्थलको जमिन अधिग्रहणका लागि आफू मन्त्री भएपछि आफ्नै पहलमा रु एक अर्ब विनियोजन गरेको र आगामी आर्थिक वर्षको बजेटमा कम्तीमा पनि १० अर्ब बजेट सिलिङमा राखेर जग्गा अधिग्रहण गरी क्षेत्रीय विमानस्थल निर्माणका लागि काम सुरु गर्ने गरी काम भइरहेको जानकारी दिए । यसैगरी मन्त्री आलेले नेपाल, भारत र चीन जोड्नका लागि आफुले खुटिया, बिपीनगर, दिपायल, बझाङ उरैहुँदै चीनको ताक्लाकोटसम्म जोड्न फाष्ट ट्रयाक निर्माणको पहल थालेको पनि जानकारी दिए ।
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा र आफू सुदूरपश्चिमकै भएकाले सुदूरपश्चिम क्षेत्रको विकास तथा विस्तारका लागि सँधै अग्रसर रहेको जिकिर उनले गरे । मन्त्री आलेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले मुद्दा र आवश्यकताका आधारमा चुनावी गठबन्धन गर्ने बताए । उनले भने, ‘आगामी निर्वाचनमा पाँच दलीय गठबन्धन हुन्छ, पाँच किलोका ढक भन्नेलाई परास्त गरेरै छाडिन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या