बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

‘गठबन्धनको उद्देश्य एमालेलाई स्विप गर्नु हो’

शुक्रबार, २५ चैत २०७८, २२ : १९
शुक्रबार, २५ चैत २०७८

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकमणी शर्माले गठबन्धनको मुख्य उद्देश्य नेकपा एमालेलाई स्विप गर्नु रहेको बताएका छन् ।  शुक्रबार नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिका विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री शमीले वर्षो सरकारमा जरा गाडेर बसेका काँग्रेस, एमालेले अहिलेसम्म खासै उपलब्धि गर्न नसकेको बताए ।

उनले उनले  एमालेले वृद्ध भत्ताको कुरा भजाउँदै पार्टी चलाइरहेको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोटो समय प्रधानमन्त्री भए पनि सबैभन्दा बढी आर्थिक वृद्धि भएको बताए । उनले समाज रुपान्तरण गर्ने जिन माओवादी केन्द्रमा मात्र भएकोले नेताहरुले जनताको बीचमा गएर आफ्ना एजेण्डा प्रस्तुत गर्नुपर्ने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप