चुनावी चहलपहलका बीच कोभिड–१९ को नयाँ भेरियन्टको चर्चा

भारत तथा युरोपियन मुलुकमा कोरोनाभाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट देखा परिरहेको छ । भारतमा ‘ओमिक्रोन एक्सई’ भेरिएन्ट एक जनामा पुष्टि भएको बताइएको छ । यस्तै, युरोपियन मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ फेला परेको छ ।
यसरी विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट फेला परिरहेको अवस्थामा नेपालमा पनि यसबारे बहस हुन थालेको छ । भारतमा देखिएको ‘ओमिक्रोन एक्सई’ भेरिएन्ट ओमिक्रोन भेरियन्टभन्दा १० प्रतिशत बढी फैलन सक्ने भनिए पनि यसबारे अध्ययन भइरहेको बताइएको छ । यस्तै, यूरोपिएन मुलुकमा डेल्टा र ओमिक्रोनको समिश्रण ‘हाइब्रिड’ प्रकारको ‘डेल्टाक्रोन’ भेरियन्टका संक्रमित बढिरहेका छन् ।
सरुवारोग विषेशज्ञ डा. शेरबहादुर पुनका अनुसार कोरानाको नयाँ भेरियन्ट उत्परिवर्तन भइरहन्छन् । उत्परिवर्तित नयाँ भेरियन्टले कस्तो हर्कत देखाउँछन् र कोरोनाविरुद्धको खोपहरुलाई छल्छन् कि छल्दैनन् भन्ने मुख्य कुरा भएको उनले बताए । भेरियन्टहरु उत्परिवर्तित भइ कस्तो हर्कत देखाउँछन् भन्ने कुरा महत्त्वपूर्ण हुने उनको भनाइ छ ।
दुई वर्षसम्म कोरोनाभाइरसले सताएका कारण भारत लगायतका राष्ट्रमा नयाँ भेरियन्ट पुष्टि हुनासाथ नेपालमा चासो बढ्नु स्वाभाविक भएको डा. पुनले बताए । ‘ओमिक्रोन एक्सई’ भेरियन्ट उपप्रजातीहरुको समिश्रण भएर बनेको प्रस्ट पार्दै उनले भने, ‘कोरोनाभाइरस मात्रै नभएर अन्य भाइरसहरु उत्परिवर्तन हुनका साथै समिश्रण भइ नयाँ भेरियन्ट बन्ने हो ।’
‘ओमिक्रोन एक्सई’ भेरियन्टको संक्रमण दर तथा घातकता कति भन्नेबारे अध्ययन भइरहेको उनले बताए । ‘भाइरसहरु उत्परिवर्तन भइरहन्छन्,’ उनले भने, ‘अहिलेको अवस्थामा धेरै जनाले खोप लगाइसकेका छन् भने ठुलो जनसङ्ख्या यसअघि नै संक्रमित भइसकेको अवस्थामा अब उत्परिवर्तित हुने भेरियन्टले अघिल्ला भेरियन्टले जस्तो सताउँदैनन् होला ।’
तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ भेरियन्टको जोखिम कायमै रहेको बताउँदै आएको छ । नयाँ भेरियन्टहरु जहाँ पुष्टि भए पनि ढिलोचाँडो एक ठाउँबाट अर्को ठाउँमा पुग्ने सम्भावना धेरै हुने डा. पुन बताउँछन् ।
उत्परिर्वतन भएका भेरियन्टहरुले कस्तो हर्कत देखाउँछ भन्नेबारे ‘जिन सिक्वेन्सिङ’ आवश्यक हुन्छ । सिक्वेन्सिङबाट भाइरसको भित्री अवस्था अर्थात् नयाँ भेरियन्ट पत्ता लगाउन सकिन्छ ।
नेपालमा कोरोना महामारीको तेस्रो लहर मत्थर भए पनि स्थानीय तहको निर्वाचनसम्बन्धी चहलपहल बढेको छ । यस्तो अवस्थामा भारतमा ‘ओमिक्रोन एक्सई’ भेरियन्ट पुष्टि भएकाले यसबारे चिन्ता र चासो बढ्नु स्वाभाविक भएको उनको भनाइ छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले जिन सिक्वेन्सिङ भइरहेको बताइन् । अहिलेसम्म नेपालमा नयाँ भेरियन्ट नदेखिएको उनको भनाइ छ । उनले भनिन्, ‘नियमित जिन सिक्वेन्सिङ गरिरहेका छौँ । अहिलेसम्म नयाँ भेरियन्ट देखिएको छैन । अब फेरि जिन सिक्वेन्सिङको नतिजा दुई÷तीन दिनमा आउँछ ।’
उता, भारतको महाराष्ट्र राज्यका स्वास्थ्य मन्त्री राजेश टोपेले कोरोनाको एक्सई भेरियन्टको पहिलो संक्रमित भेटिएको भन्ने खबरमा स्पष्टिकरण दिएका छन् । ‘एक्सई नयाँ भेरियन्ट पुष्टिका लागि नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी आधिकारिक संस्था हो । हामीले स्याम्पल पठाएका छौँ । हालसम्म पुष्टि भइसकेको छैन ।’
उनका अनुसार एक्सई भेरियन्टको संक्रमण ओमिक्रोनको तुलनामा १० प्रतिशत तीव्र रुपमा फैलिने बताइए पनि डराइहाल्नुपर्ने स्थिति छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा