शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

सभामुख सापकोटा र चिनियाँ जनसंसद्का सभामुखबीच छलफल

शुक्रबार, २५ चैत २०७८, २१ : १९
शुक्रबार, २५ चैत २०७८

सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ जनसंसद्को स्थायी समितिका अध्यक्ष (सभामुख) ली झान्सुबीच छलफल भएको छ । परराष्ट्र मन्त्रालयले जनाएअनुसार शुक्रबार उनीहरुबीच श्रव्यदृश्यका माध्यमबाट छलफल भएको हो । छलफलका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हो ।

दुवै देशका सांसदहरुको नियमित भ्रमण आदानप्रदान एवं अनुभव साटासाट गर्नुपर्ने आवश्यकतामा समेत जोड दिइएको थियो । सभामुख सापकोटाले चिनियाँ जनकंग्रेसका अध्यक्ष लीलाई नेपाल भ्रमणको निमन्त्रणा दिए । यस्तै चिनियाँ सभामुखले पनि सभामुख सापकोटालाई चीन भ्रमणका लागि आमन्त्रण गरेका थिए । छलफलमा संघीय संसद् सचिवालयका अधिकारीसहित परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप