एन्फा आफैले दिएको ‘डेडलाइन’मा प्रतिनिधि छनोट गर्न असफल
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन अन्तर्गत ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटका लागि तय गरिएको निर्वाचनको डेडलाइन शुक्रबार सकिएको छ । एन्फाको विशेष साधारणसभाले २४ र २५ गते भित्र निर्वाचन गरिसक्न डेडलाइन दिएको थियो ।
बिहीबारका लागि तय भएको निर्वाचन एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो । यही विवादमा निर्वाचन स्थगित भएको विषयलाई लिएर ‘बी’ र ‘सी’का प्रतिनिधिहरुले एन्फाको टेबल तोडफोड गर्दा बाँकी प्रक्रिया स्थगित गरिएको थियो ।
त्यसपछि विवाद समधानका लागि हालसम्म एन्फा कार्यसमितिका मुख्य तीन व्यक्तिको बैठक बस्न नसक्दा एन्फाको विषेश साधार सभाबाट पारित भएको डेडलाइनमा नै चुनाव हुन सकेन । ‘निर्वाचनमा भएको विवाद समाधानका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबीच शनिबार बिहान ८ बजे छलफल हुने कुरा छ । त्यसपछि आइतबार निर्वाचन समितिसँग छलफल गरेर नयाँ मिति तय हुनेछ,’ वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले रातोपाटीसँगको कुराकानीमा भने ।
‘बी’ र ‘सी’ डिभिजनमा समान १४ क्लब छन् । सी बाट ९ र बी बाट ११ क्लबले एन्फाको निर्वाचनमा प्रतिनिधि छनोट गर्नेछन् । एन्फाको निर्वाचन असार ६ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
र्यापर बादशाहको नाइट क्लबमा विस्फोट, लरेन्स विश्नोई गिरोहले लियो जिम्मेवारी
-
रास्वपाका नेताहरूविरुद्धको अवहेलना मुद्दामा सर्वोच्चद्वारा 'अन्य आदेश'
-
‘समृद्ध नेपाल, सुखी नेपाली’ उत्तम विकल्प : प्रधानमन्त्री ओली
-
डीडीसी भन्छ– स्रोत सुनिश्चित भएको दूध मात्रै खरिद गर्छौँ
-
दक्षिण कोरियामा अत्यधिक खाएर मोटाउने पुरुषमाथि जेल सजाय
-
काठमाडौँ–१६ मा स्वतन्त्र उम्मेदवार पन्तको साथ रास्वपालाई