बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता

शुक्रबार, २५ चैत २०७८, २० : ५५
शुक्रबार, २५ चैत २०७८

समता घरेलु लघुवित्त वित्तिय संस्था एनआईबिएल एस क्यापिटल लिमिटेडबीच सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता भएको छ । दुई संस्थाबीच शुक्रबार सार्वजनिक निष्काशन प्रत्याभूति गर्न सम्झौता भएको हो ।

सम्झौता पत्रमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

समता घरेलु लघुवित्त वित्तीय संस्थाको बाँकी रहेको शेयर सर्वसाधारणका लागि निष्काशन गर्न आईबिएल एस क्यापिटलसँग सम्झौता गरिएको हो । समता घरेलु लघुवित्त वित्तीय संस्थाको २,८९,४४० कित्ता साधारण शेयर निष्काशन हुन बाँकी रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप