एन्फा आफैले दिएको ‘डेडलाइन’मा प्रतिनिधि छनोट गर्न असफल
अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन अन्तर्गत ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटका लागि तय गरिएको निर्वाचनको डेडलाइन आज .(शुक्रबार) सकिएको छ ।
एन्फाको विशेष साधारणसभाले २४ र २५ गते भित्र निर्वाचन गरिसक्न डेडलाइन दिएको थियो ।
बिहीबारका लागि तय भएको निर्वाचन एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
यही विवादमा निर्वाचन स्थगित भएको विषयलाई लिएर ‘बी’ र ‘सी’का प्रतिनिधिहरुले एन्फाको टेबल तोडफोड गर्दा बाँकी प्रक्रिया स्थगित गरिएको थियो ।
त्यसपछि विवाद समधानका लागि हालसम्म एन्फा कार्यसमितिका मुख्य तीन व्यक्तिको बैठक बस्न नसक्दा एन्फाको विषेश साधार सभाबाट पारित भएको डेडलाइनमा नै चुनाव हुन सकेन ।
‘निर्वाचनमा भएको विवाद समाधानका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबीच शनिबार बिहान ८ बजे छलफल हुने कुरा छ । त्यसपछि आइतबार निर्वाचन समितिसँग छलफल गरेर नयाँ मिति तय हुनेछ,’ वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले रातोपाटीसँगको कुराकानीमा भने ।
‘बी’ र ‘सी’ डिभिजनमा समान १४ क्लब छन् । सी बाट ९ र बी बाट ११ क्लबले एन्फाको निर्वाचनमा प्रतिनिधि छनोट गर्नेछन् । एन्फाको निर्वाचन असार ६ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण