एन्फा आफैले दिएको ‘डेडलाइन’मा प्रतिनिधि छनोट गर्न असफल

अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन अन्तर्गत ‘बी’ र ‘सी’ डिभिजन क्लबको प्रतिनिधि छनोटका लागि तय गरिएको निर्वाचनको डेडलाइन आज .(शुक्रबार) सकिएको छ ।
एन्फाको विशेष साधारणसभाले २४ र २५ गते भित्र निर्वाचन गरिसक्न डेडलाइन दिएको थियो ।
बिहीबारका लागि तय भएको निर्वाचन एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।
यही विवादमा निर्वाचन स्थगित भएको विषयलाई लिएर ‘बी’ र ‘सी’का प्रतिनिधिहरुले एन्फाको टेबल तोडफोड गर्दा बाँकी प्रक्रिया स्थगित गरिएको थियो ।
त्यसपछि विवाद समधानका लागि हालसम्म एन्फा कार्यसमितिका मुख्य तीन व्यक्तिको बैठक बस्न नसक्दा एन्फाको विषेश साधार सभाबाट पारित भएको डेडलाइनमा नै चुनाव हुन सकेन ।
‘निर्वाचनमा भएको विवाद समाधानका लागि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवबीच शनिबार बिहान ८ बजे छलफल हुने कुरा छ । त्यसपछि आइतबार निर्वाचन समितिसँग छलफल गरेर नयाँ मिति तय हुनेछ,’ वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङले रातोपाटीसँगको कुराकानीमा भने ।
‘बी’ र ‘सी’ डिभिजनमा समान १४ क्लब छन् । सी बाट ९ र बी बाट ११ क्लबले एन्फाको निर्वाचनमा प्रतिनिधि छनोट गर्नेछन् । एन्फाको निर्वाचन असार ६ गते हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै
-
पहुँचका भरमा अनुदान पाएका होमस्टे बन्द भए
-
घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास
-
हमासले मानेन इजरायलको प्रस्ताव