मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश योजना आयोगका उपाध्यक्ष तथा सदस्यहरूले लिए सपथ

शुक्रबार, २५ चैत २०७८, २० : ३२
शुक्रबार, २५ चैत २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश योजना आयोगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई शुक्रबार पद तथा गोपनीयताको सपथ गराएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सोमसहित सदस्यहरूलाई सपथ गराएका हुन् ।

उपाध्यक्ष लोक्सोमसहित सदस्यहरू डा. ज्ञानेन्द्रबहादुर कार्की, नारायण कोइराला, प्रकाश राई र अञ्जु खड्काले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् । यही चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई प्रदेश योजना आयोगमा नियुक्त गरेको थियो ।

सपथ ग्रहण कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू र कर्मचारीहरुको उपस्थिति थियो । सपथ ग्रहण कार्यक्रममा बोल्दै मुख्यमन्त्री राजेन्द्रकुमार राईले   समय खेर नफाली आफ्नो सम्पूर्ण क्षमताका साथ तोकिएको जिम्मेवारी पूरा गर्न आयोगका नवनियुक्त उपाध्यक्ष, सदस्यहरूलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप