बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षित इन्टरनेटको लागि किशोरकिशोरीहरुको आव्हान

शुक्रबार, २५ चैत २०७८, १९ : ४३
शुक्रबार, २५ चैत २०७८

बालबालिका र युवाहरु इन्टरनेटमा समेत सुरक्षित हुनुपर्ने भन्दै किशोरकिशोरी र युवाहरुले जिम्मेवार निकाय र सरोकारवालाहरूलाई आवश्यक कदम चाल्नको लागि आव्हान गरेका छन् । चाइल्डसेफनेट र प्लान एन्टरनेशनल नेपालले ‘गल्स गेट इक्वयल फ्रिडम’ अनलाइन अभियानमार्फत सुझाव तथा आव्हान गरेका हुन् । 

विश्वमा तीनजना इन्टरनेट प्रयोगकर्तामा एकजना बालबालिका रहेका छन् । उनीहरुमा आफूमाथि भैरहेको हिंसाको बारेमा ज्ञान हुँदैन । त्यसकारण पनि उनीहरु साइबर हिंसामा पर्न सक्ने सम्भावना धेरै हुन्छ । सम्भावित जोखिमको अज्ञानता, जिज्ञासु प्रवृत्ति, सहि मार्गदर्शकको अभावले बालबालिका, युवाहरु साइबर हिंसामा पर्ने गरेको प्लान इन्टरनेशनल नेपालकी सदस्य नेहा गुरुङ बताउछिन् । 

भौतिक रुपमा हुने हिंसा जस्तै अनलाइनमा पनि यौन दुव्र्यहार र शोषणले विभिन्न घटना निम्त्याउँछ । सुरक्षित इन्टरनेट संरक्षणको लागि काम गर्ने एउटा केन्द्रिय सरकारी निकायको व्यवस्था गर्ने, नेपाल प्रहरीको साइबर ब्यूरोलाई प्रदेश र जिल्लामा विस्तार गर्ने, अनुसन्धान प्रक्रियालाई बालमैत्री बनाउने र शोषणका सामाग्री भएका साईटहरु नियमित ब्लक र फिल्टर गर्नुपर्ने लगायत २० सुझावहरु सम्बन्धित निकायमा पेश गरिने प्लान इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक सन्देश शिल्पकार  र चाइल्डसेफनेटका अध्यक्ष अनिल रघुवंशीले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप