वीरगञ्जको मेयरमा जसपाबाट राजेशमान सिंहको नाम सिफारिस

जनता समाजवादी पार्टी (जसपा) ले वीरगञ्ज महानगरपालिकाको मेयरमा राजेशमान सिंहको नाम सिफारिस गरेको छ । सिंह भर्खरै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छाडेर जसपामा प्रवेश गरेका नेता हुन् । त्यसअघि उनले बालकोट पुगेर केपी शर्मा ओलीसँग भेट गरेका थिए । एमालेमा प्रवेशको तयारीमै रहेका सिंह अन्ततः जसपामा प्रवेश गरेर मेयरको उम्मेदवार बन्न लागेका हुन् ।
जसपाको बीरगञ्ज महानगरपालिका कमिटीको शुक्रबार बसेको बैठकले सिंहलाई मेयरमा सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष ईश्वरचन्द्र यादवले जानकारी दिए । सिंह वीरगञ्जको लोकप्रिय नेता भएकाले मेयरमा सिफरिस गरिएको यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
वीरगञ्ज महानगरपालिकाको मेयर पद ०७४ सालको चुनावमा जसपाले जितेको थियो । जसपाबाट जितेका वर्तमान मेयर विजय सरावगी अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् । सरावगी एमालेबाट मेयरका दाबेदार हुन् ।
आफू एमालेमा जान तयारी गरिरहेका बेला बीरगञ्जकै केही एमाले नेताहरुका कारण प्रवेश असम्भव भएको र उपेन्द्र यादवसँगको कुराकानीपछि जसपामा लागेको सिंहले रातोपाटीलाई बताएका छन् । आफूले वीरगञ्जको मेयर जित्ने उनको दाबी छ ।
देशभरिका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धनले केन्द्रबाटै गठबन्धन गर्ने तयारी गरिरहेको छ । यसक्रममा भरतपुर महानगरमा माओवादीले दाबी गरेको छ भने बीरगञ्ज महानगरपालिकामा जसपाले दाबी गरेको छ । काठमाडौं, ललितपुर र बिराटनगर महानगरपालिका काँग्रेसले पाउने र पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई दिने गरी गठबन्धनको गृहकार्य भइरहेको नेताहरुले बताएका छन् ।
यही क्रममा महानगरमा मेयरको उम्मेदवार सिफारिस गर्ने सत्ता गठबन्धनमा जसपा पहिलो दल बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको यात्रामा वर्षा बाधक बन्दा समर्थकको नाराबाजी, खेलाडी निराश
-
पटक-पटक नाकबाट रगत बग्छ ? हेमोफिलिया हुनसक्छ
-
वर्षाका कारण विश्वकप खेल्ने नेपालको सपना चकनाचुर
-
राजनीतिक नेतृत्व र जनप्रतिनिधिमा सुशासन कायम गर्ने दृढ इच्छाशक्ति आवश्यक : सभामुख घिमिरे
-
चमत्कारी उपदेशक
-
काश्मिरमा शक्तिशाली भूकम्प, दिल्लीसम्म झड्का