बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा चार शिक्षक पक्राउ

शुक्रबार, २५ चैत २०७८, १९ : २९
शुक्रबार, २५ चैत २०७८

विद्यार्थीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा चितवनमा चार शिक्षकसहित पाँच व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा बालिकाका आफन्तले जाहेरी दिएपछि उनीहरुलाई पक्राऊ गरिएको हो ।

चैत ६ गतेदेखि बाल यौन दुव्र्यवहारको आरोपमा विभिन्न ठाउँबाट पाँचजनालाई पक्राऊ गरिएको प्रहरीले बताएको छ । बाल यौन दुव्र्यवहार गर्ने आरोप लागेका मध्ये चारजना शिक्षक  छन् ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १३ का ५८ बर्षीय शिक्षक फणीन्द्र भट्टराई र विमलप्रसाद देवकोटा छन् । भट्टराईलाई कक्षा ४ मा पढ्दै आएकी छात्रालाई यौन दुव्र्यवहार गरेको आरोप लागेको छ भने देवकोटालाई कक्षा ६ मा अध्ययनरत छात्रालाई पढाउने समयमा विभिन्न संवेदनशील अंगमा छोएको आरोप लागेको छ ।

दुवै जनालाई प्रहरीले चैत्र २५ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । शुक्रबार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुलाई थुनामा राखिएको छ ।

त्यस्तै चैत ६ गते कक्षा ९ मा पढ्ने छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा माडीका शिक्षक सुरज लामिछाने पक्राउ परेका छन् । पीडित बालिकाकी आमाले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बाल यौन दुर्व्यवहारमा उजुरी दिएकी थिइन् ।

भरतपुर १४ बाट पनि एक बोर्डिङ स्कुलका शिक्षक कृष्ण गुरुङ बालिका यौन दुर्व्यवहारमा पक्राउ परेका छन् । ९ कक्षामा पढ्दै गरेकी बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा ४५ बर्षीय तुलसी महतो फक्राउ परेका हुन् । उनीहरु सबैलाई थुनामा राखी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप