सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

आर्थिक मुद्दामा सरोकारवालाहरु एकै ठाउँमा आउनुपर्छ : उद्योगमन्त्री बडू

शुक्रबार, २५ चैत २०७८, १९ : २१
शुक्रबार, २५ चैत २०७८

नेपाल उद्योग परिसंघ (सिएनआई) ले शुक्रबार नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी मुलुकको वर्तमान आर्थिक समस्या समाधन गर्न अग्रसर हुन आग्रह गरेको छ । हालको मुलुकको आर्थिक वेवधानले निजी क्षेत्र निकै कठिन मोडमा पुगेको बताउँदै परिसंघले सोबाट बचाउन विशेष पहल गर्न मन्त्री बडूलाई आग्रह गरेको हो । 

भेटमा परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवालले नियमनकारी निकायहरूबाट नियन्त्रणमुखी नीति जारी गर्दै आर्थिक गतिविधि संकुचित गर्ने काम भइरहेको भन्दै यसले अर्थतन्त्रमा थप जटिलता सिर्जना गर्नेतर्फ सचेत रहन आग्रह गरे । तरलता अभाव, उच्च ब्याजदर, चालु पुँजी कर्जाको समस्या, वैदेशिक व्यापारमा नियन्त्रणको समस्या व्यहोरिरहेको निजी क्षेत्रको समस्या समाधानतर्फ  सरकार लाग्नुपर्ने उनले बताए । 

सोही अवसरमा कार्यवाहक अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकले वस्तु आयातमा नियन्त्रण गर्दा सोको नकारात्मक असर बजारमा पर्नेतर्फ सचेत सचेत हुन समेत आग्रह गरे । आयात बन्द हुँदा बजारमा कृत्रिम अभाव, मूल्यवृद्धि जस्ता समस्या सिर्जना गराउन सक्ने तर्फ सरकार सचेत हुनुपर्ने उनको भनाइ छ । 

यस्तै, अग्रवालले नेपालको औद्योगीकरणमार्फत उत्पादन वृद्धि गर्नुपर्ने आजको आवश्यकता रहको भन्दै त्यसका लागि परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको समेत जानकारी गराए । 
भेटका क्रममा नवनियुक्त मन्त्री बडुले महत्वपूर्ण आर्थिक मुद्दाहरूमा सम्पूर्ण सरोकारवालाहरू एकै ठाउँमा हुनुपर्ने बताए । नेपाल उद्योग परिसंघसँगको भेटमा मन्त्री बडुले अर्थतन्त्रको विषयमा नियमनकारी निकायहरू अलगअलग बाटो हिँड्न खोज्दा समस्या बढ्ने भन्दै सबै पक्ष एक भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप