बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्रकै कारण अब राजसंस्था फर्किँदैन : महामन्त्री बर्तौला

शुक्रबार, २५ चैत २०७८, १९ : १६
शुक्रबार, २५ चैत २०७८

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले ज्ञानेन्द्रकै भूमिकाको कारण अब नेपालमा राजा नफर्किने बताएका छन् । शुक्रबार राप्रपा नेपाल मकवानपुरद्वारा  हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले अभिभावक बन्न पर्ने राजा एउटा दल भित्र पनि गुट, समूह, ब्यक्ति खोज्दै हिड्न थालेपछी उनको सकृय राजा बन्ने सपना अब सदाको लागि समाप्त भएको बताए ।

हामिले मुलुक भित्रका सबै दल र शक्तिले स्विकार्ने सेरेमोनियल राजाको कुरा गर्दा उनले अस्थिरता र अराजकता मार्फत सकृय राजाको भूमिकामा आउने रहर गरेपछी राजा कै एजेन्डा छोड्न बाध्य भएको समेत बर्तौलाले बताए । राप्रपा र कमल थापालाई कमजोर बनाउने खेलमा निर्मल निवास प्रयोग भएको भन्दै बर्तौलाले आक्रोश समेत पोखे ।

अहिले पनि राप्रपा नेपाल र कमल थापालाई राजनैतिक रुपमा समाप्त पार्ने षड्यन्त्र जारी रहेको भन्दै त्यो दिवास्वप्न मात्र हुने उनको दाबी थियो । कार्यक्रममा राप्रपा नेपालका नेताहरु बालकृष्ण कार्की, अम्बिका ढुंगाना , गुरु सापकोटा लगायतले बोलेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप