सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य
शुक्रबार, २५ चैत २०७८, १९ : १०
![सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन अन्त्य](https://rpcdn.ratopati.com/media/albums/sudurpaschim_ZaYWS9KEci.jpg)
दुई वटा कानुन बनाउँदै सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन सकिएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन सकिएको हो ।
प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखले पठाउनु भएको पत्र सभामुख अर्जनबहादुर थापाले पढेर सदनलाई सुनाएका थिए । प्रदेश सभाको हिउँदे अधिवेशन चैत १३ गतेबाट सुरु भएको थियो । कानुन बनाउने
अधिवेशनको रुपमा लिइने गरेको हिउँदे अधिवेशनमा जम्मा दुई वटा विधेयक पारित गरिएको छ । हिउँदे अधिवेशनले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ संशोधन गर्न बनेको विधेयक र दलित सशक्तीकरण सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७७ पारित गरेको सभामुख थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालद्वारा भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय
-
अरिजित सिंहको स्कुटरमा रमाए बेलायती पप गायक शीरन
-
ट्रम्पले गरे विदेशी भ्रष्टाचार अभ्यास ऐन खारेज
-
प्रतिपक्षी दलद्वारा संसद् अवरोध
-
सुरु भएको हो त रुस–युक्रेन युद्ध रोक्ने तयारी ?
-
जंगली जनावरहरू गाउँबस्तीमा छिर्दा नागरिकहरूलाई सुरक्षा खतरा भयो : अञ्जनी श्रेष्ठ