आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्डले भने -‘केपी ओलीले सत्ता कब्जा गर्न एकता गरे, हामीले समाजवाद निर्माण गर्ने एकता गरेका थियौ’

शुक्रबार, २५ चैत २०७८, १८ : ३७
शुक्रबार, २५ चैत २०७८

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले तत्कालिन नेकपा गठन हुँदा केपी ओलीले सत्ता कब्जा गर्न एकता गरेको आरोप लगाएका छन्। पूर्वी चितवनको एक कार्यक्रममा बोल्दै प्रचण्डले आफू समाजवादी निर्माण गर्न एकता गरेको बताए।

‘केपी ओली सत्ता कब्जा गर्न एकता गरे छन्। हामीले समाजवादी निर्माण गर्ने उद्देश्यका निम्ती एकता गरेका थियौ’ प्रचण्डले भने, ‘हामीले विचार र राजनीतिमा केपी र केपी गुटलाई सहमत गराएपछि आफ्नो लाइनमा पार्टी बनाईहाल्छौ भन्ने विश्वासले गरेका थियौ। तर त्यस्तो हुन सकेन।’ केपी ओलीले माओवादी जनयुद्धलाई स्वीकार गरेर हस्ताक्षर गरेपनि सत्ता कब्जा गर्ने उदेश्यले मात्रै स्वीकार गरेको बताए।

‘केपी ओलीले माओवादी जनयुद्ध महान हो । माओवादी जनयुद्धले जागरण आयो भनेर हस्ताक्षर गरे प्रचण्डले भने, ‘यदी त्यसो भनेर हस्ताक्षर गरेन भने एकता गर्दैनन्। एकता गरेन भने प्रधानमन्त्री भइन भन्ने उनको रहेछ।’ तर माओवादीको एकतामा कुनै बेइमान र जाल झेल केही नभएपनि केपीकै कारण नेकपा विभाजन भएको प्रचण्डको जिकिर छ।

आफ्नो शक्तिशाली कम्युनिस्ट पार्टी बताउँदै लिडरपिस लिने उदेश्य एकता गरिएको बताए। ‘ शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने त्यसलाई सहि द्वन्द्वात्मक भौतिकवादी बनाउने विस्तारै लिडरसिप लिने उदेश्यले लिएको थियो। तत्कालिन नेकपाको राजनीतिक दस्तावेज पढ्नुभयो भने कहि कतै एमालेको जस्तो लाग्दैन। त्यो पढ्दा माओवादीको जस्तो लाग्छ।’ प्रचण्डले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप