“२८ ट्राफिक प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान”
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव निरीक्षकबाट प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा पदोन्नति भएका २८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा शुक्रबार आयोजित कार्यक्रमका बीच पदोन्नति भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
एसएसपी जोशीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारीताका साथ कार्यक्षेत्रमा क्रियाशिल रहनुपर्ने बताए ।
थपिएको नयाँ दर्जामा पदोन्नति भएकोमा गर्व बोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्न उनले निर्देशन दिए । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालकै समूहमा रहेको अस्ट्रेलियाले सजिलै हरायो स्कटल्याण्डलाई
-
योगले शरीर र दिमागलाई सन्तुलित बनाउँछ : प्रथम राष्ट्रपति
-
मन्त्री निवासमा खानेपानी आपूर्तिका लागि प्रक्रिया सुरू
-
भुल्केका चार सय ६८ घरमा ‘एक घर, एक धारा’
-
बच्चाले डाइपर छोड्न मानिरहेको छैन, कसरी ‘पटी ट्रेनिङ’ गर्ने ?
-
कार्टुन्ज क्रुजकाे 'द लास्ट ट्रिप' पहिलो शृङ्खला युट्युबमा