आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सगरमाथा आरोहण गर्न २०४ जनाले पाए अनुमति

शुक्रबार, २५ चैत २०७८, १८ : ०६
शुक्रबार, २५ चैत २०७८

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न यस वर्ष २०४ जनाले अनुमति लिएका छन् ।   पर्यटन विभागका अनुसार यस वर्ष ८ हजार ८४८.८६ मिटर अग्लो सगरमाथा आरोहण गर्नको लागि २३ वटा समूहले अनुमति लिएका थिए । ती समूहमा १५८ जना पुरुष र ४६ जना महिला गरी कूल २०४ जना आरोही रहेका छन् । 

सगरमाथा आरोहण गर्नेलाई यसवर्ष अनुमति दिँदा २१ लाख ३४ हजार रुपैयाँ (२५ करोड ८४ लाख ३९ हजार ३५० रुपैयाँ) राजस्व संकलन भएको विभागले जनाएको छ ।  यस वर्ष ६१ समूहमा ५०५ जनाले नेपालको १८ वटा हिमाल आरोहणको लागि अनुमति लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप