सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुरमा भूमिहीन दलितलाई लालपूर्जा वितरण

शुक्रबार, २५ चैत २०७८, १७ : ५३
शुक्रबार, २५ चैत २०७८

संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरणको कामलाई तिब्र पारिएको छ ।  मकवानपुरको बागमती गाउँपालिकाको वडा नं. ४ मा भूमिहीन दलितलाई लालपूर्जा वितरण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले देशभर रहेका सबै भूमिहीनलाई जग्गा प्राप्त गर्ने गरी अभियान तिब्र पारिएको बताइन् । 

मन्त्री श्रेष्ठले एक वर्षभित्र देशभर रहेका सबै खालका भूमिहीन​हरुले जग्गा प्राप्त गर्ने अभियान अगाडी बढिसकेको भन्दै सरकारले शुरु गरेको अभियानमा वास्तविक भूमिहीन कोहीपनि जग्गा पाउनबाट छुट्न नहुनेमा जोड दिइन् । 
मन्त्री श्रेष्ठले भूमिहीन​लाई लालपूर्जा वितरण गर्ने क्रममा धेरै अवरोधहरू सिर्जना गर्ने काम भइरहेको भएपनि आफू संविधानमा व्यवस्था भएको भूमिहीनलाई एकपटक जग्गा पाउने हक कार्यन्वयन गर्न प्रतिबद्ध भएर लागेकै कारण परिणाम दिनेगरी काम गर्न सफल भएको बताइन् । 

मन्त्री श्रेष्ठले सबै विधि र प्रक्रिया पुरा गरेर भूमिहीनलाई लालपूर्जा वितरण गरिएको भन्दै सरकारमा जोसुकै आएपनि अब यो लालपूर्जा कसैले खोस्न नसक्नेमा ढुक्क हुन समेत सबैलाई आग्रह गरिन् । शुक्रबार गाउँपालिकामा आज ३ भूमिहीन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरेर शुरु गरिएको अभियान अन्र्तगत लगत संकलन र विभिन्न वडामा रहेका भूमिहीन दलिहरुका लागि जग्गा नापजाँचको काम भइरहेको छ ।

यसअघि सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं ९ को मुसहर बस्तीमा १०६ भूमिहीन दलित घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ । यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नं २ का ४६ भूमिहीन दलित घरपरिवारलाई बुधबार लालपूर्जा वितरण गरिएको छ ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रालय सम्हालेपछि ४ महिनाको अवधिमा देशका विभिन्न गाउँब्लकमा रहेका २० हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिसकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप