आचारसंहिता उल्लघंन गर्ने जो कसैलाई कारवाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचार संहिता उल्लघंन गर्ने जो कसैलाई कारवाही हुने बताएका छन् । शुक्रबार आयोगले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आचार संहिता उल्लघंन गर्ने जो कसैलाई कानुन बमोजिम कारवाही गर्न आयोग तयार छ । त्यस्तो छुट हुनेछैन ।’
उनले प्रत्येक निर्वाचनहरूमा आचारसंहिता कार्यान्वयनबारे प्रश्न उठ्ने गरेको पनि बताए । उनले आयोगले आचारसंहिता कार्यान्वयनका सवालमा आयोगले गरेको सरोकारवालाहरु सँगको छलफलमा सवैले कार्यन्वयन गर्न प्रतिवद्धता जनाउने गरेको बताए । ‘सवैले मन वचन र कर्मले कार्यान्वयन गर्न चाहे उल्लंघन हुदैन’, प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ । उनले २०७४ मा निर्वाचित पदाधिकारीले उम्मेदवारी दिन चाहे पदबाट राजीनामा दिनुपर्ने व्यवस्था स्वयं उम्मेदवारले स्वघोषणा गर्नुपर्ने पनि बताए । साथै उनले ठेकेदारहरूले उम्मेदवारी दिनुपर्ने व्यवस्थाबारे पनि दुविधा नरहेको प्रस्ट पारे ।
अनुगमन नभएका कारण आचारसंहिता मिचिने अवस्था नआउने भन्दै आचारसंहिताबारे मिश्रित प्रतिकृया आएको बताए । एमालेले जनाएको असहमतिप्रति पनि आयोगको ध्यानाकर्षण भएको भन्दै कार्यान्वयन हुनेमा आयोग विश्वस्त रहेको थपलियाको भनाइ छ । निर्वाचनमा ४८ सालदेखि आचारसंहितामा मन्त्री पदमा रहेका व्यक्तिले आफूबाहेक अरुको प्रचार प्रसार गर्न नपाउने व्यवस्था गरेको दावी गरे । उनले आचारसंहिता कार्यन्वयनको विषयमा केही विषय आयो भने स्पस्ट पार्ने तर संशोधन नगर्ने पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण