आचारसंहिता उल्लघंन गर्ने जो कसैलाई कारवाही हुन्छ : प्रमुख निर्वाचन आयुक्त
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचार संहिता उल्लघंन गर्ने जो कसैलाई कारवाही हुने बताएका छन् । शुक्रबार आयोगले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आचार संहिता उल्लघंन गर्ने जो कसैलाई कानुन बमोजिम कारवाही गर्न आयोग तयार छ । त्यस्तो छुट हुनेछैन ।’
उनले प्रत्येक निर्वाचनहरूमा आचारसंहिता कार्यान्वयनबारे प्रश्न उठ्ने गरेको पनि बताए । उनले आयोगले आचारसंहिता कार्यान्वयनका सवालमा आयोगले गरेको सरोकारवालाहरु सँगको छलफलमा सवैले कार्यन्वयन गर्न प्रतिवद्धता जनाउने गरेको बताए । ‘सवैले मन वचन र कर्मले कार्यान्वयन गर्न चाहे उल्लंघन हुदैन’, प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ । उनले २०७४ मा निर्वाचित पदाधिकारीले उम्मेदवारी दिन चाहे पदबाट राजीनामा दिनुपर्ने व्यवस्था स्वयं उम्मेदवारले स्वघोषणा गर्नुपर्ने पनि बताए । साथै उनले ठेकेदारहरूले उम्मेदवारी दिनुपर्ने व्यवस्थाबारे पनि दुविधा नरहेको प्रस्ट पारे ।
अनुगमन नभएका कारण आचारसंहिता मिचिने अवस्था नआउने भन्दै आचारसंहिताबारे मिश्रित प्रतिकृया आएको बताए । एमालेले जनाएको असहमतिप्रति पनि आयोगको ध्यानाकर्षण भएको भन्दै कार्यान्वयन हुनेमा आयोग विश्वस्त रहेको थपलियाको भनाइ छ । निर्वाचनमा ४८ सालदेखि आचारसंहितामा मन्त्री पदमा रहेका व्यक्तिले आफूबाहेक अरुको प्रचार प्रसार गर्न नपाउने व्यवस्था गरेको दावी गरे । उनले आचारसंहिता कार्यन्वयनको विषयमा केही विषय आयो भने स्पस्ट पार्ने तर संशोधन नगर्ने पनि जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत