आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

श्रम मन्त्रालयद्वारा ८ जना उद्यमी सम्मानित

शुक्रबार, २५ चैत २०७८, १७ : १४
शुक्रबार, २५ चैत २०७८

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा उद्यम गर्ने ८ जना उद्यमीहरूलाई सम्मान गरेको छ । शुक्रबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्कि नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरूलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो ।

मन्त्रालयले ७ जना उद्यमीलाई  ७५ हजार बराबरको उद्यमी राष्ट्र पुरस्कार र १ जनालाई १ लाख ५० हजार बराबरको उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मानित गरेको छ । उक्त सम्मान कार्यक्रममा बोल्दै श्रम मन्त्री किसान श्रेष्ठले वैदेशिक रोजगारमा गएका रोजगारीमा गएर फर्किएका वा जान लागेका सबैलाई राज्यले सम्मान गर्नु पर्ने बताए । उनले वैदेशिक रोजगारीमा जानेहरूलाई राज्यले सम्मान गर्नुपर्छ भनेर निरन्तर लागि परेको दाबी गरे । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा गएर नेपालमा १० लाख बराबरको पैसा पठाउँदा १० लाख नै ब्याज विना सिमित समयको लागि दिने व्यवस्था सरकारले गर्ने लागेको बताए ।

उनले वैदेशिक रोजगारीमा गएर श्रमिकले कमाएको रेमिटेन्सबाट देशको अर्थतन्त्र चलेको भए पनि वैदेशिक रोजगारीमा जाँदा ठगिने अवस्थाको अन्त्य गर्न नसकिएको बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्नेहरुलाई बैंकहरुले सहुलियत कर्जा दिन नदिएको अनुगमन मन्त्रालयले गर्ने बताए ।

यस्तै, सम्मानित हुने उद्यमी शंकरकुमार ओलीले खाडी मुलुकबाट फर्किएर नेपालमा आएर सानो उद्यम गर्दा राज्यले सम्मान गर्दा सपना जस्तो लागेको बताए । उनले कहीँ कसैलाई भन्सुन नगरी थाहा नै नभइकन मन्त्रालयबाट पुरस्कार ग्रहण गर्न पाउँदा खुसी लागेको बताए । यस्तै, अर्का सम्मानित उद्यमी हरिप्रसाद जैसीले कोरियामा सिकेर आएको सीपलाई नेपालमा प्रयोग गर्दा सम्मान पाएकोमा खुसी भएको बताए । उनले उद्यमी बन्न विभिन्न समस्या रहेको बताए ।

मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर नेपालमा नै उद्यमीहरूलाई नेपाललाई चाहिने नेपालले चाहेको र श्रम मन्त्रालयले चाहेको जस्ता उद्यमीहरु उत्पादन गर्ने उद्देश्यले काम गरिरहेको बताएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप