देश इतिहासकै कठिन मोडमा छ : राजेन्द्र लिङ्देन
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताए ।
‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उनले भने, ‘ठिक ढंगले निर्णय गर्न सकेनौ भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।’ उनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता स्वीकार्दा के भनिएको थियो रु भन्दै २०४६ पछि निरन्तर रुपमा देशमा सिमित नेता र दलको मुठिमा सिमित हुँदा दुर्दशा भएको आरोप लगाए । ‘ ‘यो देश काँग्रेस एमाले माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ, देश वेरोजगार उत्पादन गर्ने कारखाना भएको छ’, लिङ्देनको भनाइ छ ।
उनले बैंकको पैसा कहाँ गयो भन्दै ३१ बर्षसम्म सरकार चलाउदा पनि देश बनाउन नसक्ने तीन ठुला दल असफल भैसकेको दावी गरे । उनले दल असफल हुँदा चिन्ता नुहने भन्दै देश असफल बनाएकोमा राप्रपाको चिन्ता रहेको बताए । अध्यक्ष लिङ्देनले देशका उद्योग धन्दा बन्द रहेको भन्दै कुनै करदाताले कर तिर्न पनि उद्योग बेच्नुपर्ने अवस्था आएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसभित्र ध्रुवीकरण तीव्र : भेटिएला मिलन बिन्दु ?
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

