नेपाल बारमा जितको उल्लास, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, २५ चैत २०७८, १६ : ००

नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् । घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उनले एमाले निकट निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीलाई पराजित गरे ।
अधिकारीले २४ सय ८२ मत ल्याएका छन् । महासचिवमा घिमिरे समूहकै अन्जिता खनाल विजयी भएकी छन् । उनले ३६ सय ८२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् ।
अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ । प्यानल नै विजयी भएपछि नेपाल बार परिसरमा घिमिरे समूहले खुसीयाली र अबिरमाला गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यानले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू