बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा महिलाको शव फेला

शुक्रबार, २५ चैत २०७८, १५ : ३०
शुक्रबार, २५ चैत २०७८

रौतहटको यमुनामाई गाउपालिका २ भेडियाही लमहा नदीमा शुक्रवार एक महिलाको शव फेला परेको छ । नदीको बीच भागमा महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहले जानकारी दिए ।

मृतकको पहिचान खुल्न नसकेको र मृत्युको कारण पता लाग्न नसकेको उनले जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाबारे अनुसन्धान भइरहेको डिएसपी सिंहले जानकारी दिए । घटनाको पूर्ण विवरण आउन अझै एकघण्टा बढी लाग्ने डिएसपी सिंहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप