ओलीले भने - नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताएका छन् । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताएका हुन् ।
उनले भने, ‘नेपालमा स्वास्थ्य तथा इन्जिनियर पढाउनका लागि कलेजका भवन भनाएका छन् । तर ती कलेजलाई अनुमति दिएको छैन । नेपालमा स्वास्थ्यको विश्वविद्यालय हुनुपर्छ, नेपालमा मेडिकल कलेज खाेल्नु पर्ने हो । तर त्यसलाई राेक्न लागेका छन् । विदेशमा विद्यार्थी पठाएर पैसा खानेको समुह छ । विद्यार्थीलाई बाहिर पठाउने व्यापार बढेको छ । स्वास्थ्य तथा इन्जिनियरको लागि भवन भनेका छन् । तर स्वीकृत दिएको छैन ।’
अध्यक्ष ओलीले डा गोविन्द केसीलाई लक्षित गर्दै एक जनाले सुत्दम भन्दा सरकार डरले थरथर हुने गरेको बताए । उनले भने, ‘स्वास्थ्य शिक्षाको हब बनाऊँ भन्यो भने एक जना भन्छ,हस्पिटल खोल्ने ? सुत्दिम त ? नखाई बस्दिम् त ? भनेपछि सरकार थरर । एक थरी विद्यार्थी बाहिर पठाउने गिरोहले फेसबुकमा क्याम्पेन चलाउँछन् । इन्जिनियर र डाक्टर एजुकेसन चलाउन पाइँदैन भन्छन् ।’
यस्तै ओलीले कोरोना महामारीको समयमा आफ्नो नेतृत्वको सरकारले जनताको मनोवल बढाउने काम गरेको बताए । उनले नेपालमा कुनै पनि पूर्व तयारी नभएको अवस्थामा पनि कोरोना भाइरसलाई परास्त गर्न सकिएको बताए । ‘कोरोनाको समयमा अहिलेको जस्तो सरकार भएको भए के हुन्थ्यो.... । त्यो बेलाको सरकारले जनताको मनोवल बढाउने काम गरौं, सवै प्रकारका भाइरसको अन्त्य गर्न सक्छौ भन्यौं । हामीसँग परीक्षण गर्ने मेसिन थिएन,’ उनले भने, ‘कोरोनाको बारेमा केही थाहा थिएन । जनताको मनोवल बढाउन मैले तातो पानी खाने, बेसार पानी खाने, फ्रिजको नखाने, अम्बाको पात उमालेर खाने, हाम्रो भान्साका खाने कुरा मात्रै खाने, हाम्रो भान्सामा औषधी हुन् भनेर जनताको मनोवल बढौं ।’ उनले कोरोनाको औषधी तथा स्वास्थ्य सामाग्री खरिदमा आफ्नो सरकारले भ्रष्टाचार नगरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण