बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नलगाड जलविद्युत् : ८० महिना पनि बनेन डीपीआर

शुक्रबार, २५ चैत २०७८, १५ : ०७
शुक्रबार, २५ चैत २०७८

३२ महिनाभित्र सक्नुपर्ने नलगाड जलविद्युत कम्पनी लिमिटेडको ४१७ मेगावाट आयोजनाको डीपीआर ८० महिना भइसक्दा पनि बन्न सकेको छैन ।  यस विषयमा कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले सरोकारवालासँग छलफल गरेका छन् ।

३२ महिनाभित्र निर्माण कार्य पूरा गर्ने लक्ष्य लिएको आयोजनाको काम करिब ८० महिना पुगिसक्दा पनि कन्सलटेन्टले प्रतिवेदन नबुझाएपछि मन्त्री सिंहले चासो राखेका हुन् । उनले अबको तीन महिना डीपीआरको प्रतिवेदन बुझाउन कन्सलटेन्टलाइ निर्देशन दिएका छन् । 

८० महिनासम्म डीपीआरको प्रतिवेदन बुझाउन नसकेको डीपीआर निर्माणको जिम्मेवारी लिएको स्मेक कम्पनीको म्याद थप गर्ने विषयमा समेत मन्त्री सिंंहले छलफल गरेका छन् ।

 तीन महिना भित्र काम पूरा गर्ने र कन्सलटेन्टलाइ भुक्तानी गर्नुपर्ने रकम समेत समयमै भुक्तानी गर्ने विषयमा समेत छलफल भएको छ । छलफलमा मन्त्री सिंहसहित स्मेक कन्सलटेन्टको नेतृत्वकर्ता राजेश डार्मिन नेतृत्वको टोली र कम्पनीका प्रमुख सुनिल पौडेलको सहभागीता थियोे । 

हप्ता दिनभित्र नलगाड जलविद्युत कम्पनी लिमिटेडले मन्त्री सिंहको निर्देशनअनुसार आफूहरू काममा जुटिसकेको कम्पनीका प्रमुख पौडेलले जानकारी दिए ।

त्यस्तै ७.१ मेगावाट क्षमताको  ताक्सुगाड जलविद्युत आयोजना निर्माणका लागि डीपीआरको काम तीन महिनाभित्र सक्न मन्त्री सिंहले निर्देशन दिएका छन् । ताक्सुगाड जलविद्युत आयोजना जाजरकोट नलगाड नगरपालिका भित्र नै पर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप