नेपालका अधिकांश प्रमुख दल विदेशी भूमिमा गठन भएको राप्रपा नेपालको आरोप
कमल थापा नेतृत्वको राप्रपा नेपालले नेपालका अधिकांश प्रमुख राजनीतिक दलहरु विदेशी भूमीमा गठन भएको आरोप लगाएको छ । वैशाखमा हुने स्थानीय तह निर्वाचनको घोषणापत्र शुक्रबार जारी गर्दै सो पार्टीले राप्रपा नेपाल मात्रै नेपाली पहिचान सहित आफ्नै देशमा संगठित भएको दावी गरेको हो ।
‘नेपालका अधिकांश प्रमुख दलहरु विदेशी भूमीमा गठन भएका हुन् भने राप्रपा नेपाल एक यस्तो दल हो, जुन नेपाली पहिचान सहित हाम्रो आफ्नै देशमा मुलुकको आवश्यकतालाई बुझेर संगठित भएको हो’, १० पेज लामो घोषणापत्रमा भनिएको छ ।
त्यस्तै २०७० सालको संविधानसभा चुनावमा कांग्रेस र कम्युनिष्ट पार्टी पछि तेस्रो शक्तिको रुपमा राप्रपा नेपालको उदय भएपनि पार्टी ठूलो बनाउने नाममा २०७३ सालपछि गलत प्रवृत्ति र असहज मान्यतासँग सम्झौता गर्न पुग्दा २०७४ को स्थानीय र संसदीय चुनावमा निराशाजनक परिणाम भोग्नु परेको जनाएको छ ।
‘फलस्वरुप २०७८ सालसम्म हामी राष्ट्रिय राजनीतिमा महत्व र भूमिका विहिन हुन पुग्यौं । यसरी पॉच वर्षको अलमल पछि विगतका त्रुटी र कमजोरीहरू सच्याउँदै २०७८ फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसका दिनबाट राप्रपा नेपाल पुनः जागृत गरेका छौं’, घोषणापत्रमा भनिएको छ ।
सो पार्टीले सम्बर्द्धनवाद, सुशासन र समृद्धिका वैचारिक आधार स्तम्भमार्फत नयॉ सोच र कार्यशैलीका साथ भरपर्दो राजनीतिक दलका रुपमा खडा भएको दावी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण