रोल्पामा विप्लवको पार्टीद्वारा उम्मेदवारी घोषणा
नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवार घोषणा गरेको छ। विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य चूडामणि ओली‘आदर्श’लाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
पार्टीले आधिकारिक रुपमा स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई सिफारिस गरेको ओलीले बताए। ‘मलाई पार्टीले गंगादेव गाउँपलिका अध्यक्षमा सिफारिस गर्यो। अहिले कुनै दलसँग तालमेल गर्ने भन्ने छैन। स्वतन्त्र उम्मेदवारी दिन्छु’ रातोपाटीसँग कुरा गर्दै ओलीले भने, ‘मैले गाउँपालिका अध्यक्ष सजिलै जित्छु। सबै जनताले साथ दिन्छन् त्यसमा कुनै शंका छैन।’
तत्कालीन माओवादी जनयुद्धमा लामो योगदान गरेकाले सबै माओवादी पृष्ठभूमिका नेता कार्यकर्तालाई साथ दिने ओलीको विश्वास छ। यसअघि गंगगादेव गाउँपालिका अध्यक्ष माओवादी केन्द्रबाट वीरबहादुर खत्रीले जितेका थिए। विप्लव नेतृत्वको नेकपाबाट ओलीको नाम सिफारिस भएपछि माओवादी केन्द्रलाई चुनाव जित्न कठिन हुने बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण