मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन

शुक्रबार, २५ चैत २०७८, १३ : ५०
शुक्रबार, २५ चैत २०७८

मानव अधिकार तथा शान्ति समाजले विश्व शान्तिका लागि रुसलाई युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन गरेको छ । समाजले बिहीबार शान्तिको आह्वान गर्दै दीप प्रज्वलन गरेको हो ।  यसअघि चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै समाजले दिप प्रज्वलन गरेको थियो ।

त्यस्तै समाजले २० जिल्लामा हिमालय बचाऔँ आन्दोलन अन्तर्गत कार्यक्रम सम्पन्न गरेको छ । चैत १७ गते गोरखाबाट शुरु भएको सो अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दिप प्रज्वलनसहित समापन भएको हो । यस अभियान अन्तर्गत गण्डकी प्रदेशको माथिल्लो मुस्ताङ लोमानथाङ्गसहित लुम्बिनी, वाग्मती र कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यानसमेत गरि २० जिल्लाका २२ स्थानमा दर्जनौ सभा सम्पन्न भएको समाजले जनाएको छ ।

अभियानको विभिन्न चरणमा शान्ति समाजका संस्थापक सभापति, सभापति, सल्लाहकारहरु र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप