रुसलाई एक्लो पार्न एसिया-प्रशान्तको गठबन्धन खोज्दै अमेरिका र नेटो
दक्षिण कोरिया र जापानी विदेशी मन्त्रीहरुलाई उच्च तहको नेटो सत्रमा पहिलो पटक आमन्त्रण गरिएको छ । रुसलाई एक्लो पार्न र युक्रेनको संकटमा चीनलाई दबाव दिनका लागि नेटोले एसियाबाट सहकार्य खोजेको हो । अमेरिकाले थप मुलुकहरूलाई संकटको पक्ष रोज्न दबाव दिइरहेको विश्लेषकहरुले बताएका छन् । यो नेटोको विश्वव्यापी विस्तारमा सहयोग पु¥याउने अवसर पनि भएको उनीहरुको भनाई छ ।
नेटोका विदेश मन्त्रीहरुले युक्रेनलाई गरिने समर्थन थप बलियो बनाउन ब्रसेल्समा भेटघाट गरिरहेका छन् । उनीहरुले साझेदारसँगको समन्वय अगाडि बढाउन पनि आग्रह गरेका छन् । नेटोको अर्को रणनीतिक अवधारणामा पनि मन्त्रीहरुले सहमति जनाएका छन् । यसलाई जुनमा म्याड्रिड शिखर सम्मेलनमा अन्तिम रुप दिइनेछ । यो रुससँग नेटोको थप सम्बन्धको बारेमा हुनेछ र गठबन्धनको सुरक्षामा चीनको बढ्दो प्रभावको बारेमा पनि हुने बैठककमा जनाइएको छ ।
नेटोले एसिया–प्रशान्तका साझेदारहरुसँग साइबर, नयाँ प्रविधिहरु, गलत सूचना, सामुद्रिक सुरक्षा, जलवायु परिवर्तन लगायतका विषयमा सहयोग अगाडि बढाउने विज्ञप्तिमा उल्लेख छ । बिहीबार दक्षिण कोरियाका विदेश मन्त्री चुङ इयू–योङ बैठकमा सहभागी हुनका लागि नेटोको विदेशी मन्त्रीहरको सम्मेलनमा गएका थिए ।
उनी उच्च ओहदाको नेटो सत्रमा सहभागी हुने पहिलो दक्षिण कोरियाली विदेश मन्त्री भएको योनहापले उल्लेख गरेको छ । दक्षिण कोरिया बाहेक अन्य तीन मुलुकहरु जापान, अस्ट्रेलिया र न्यूजिल्यान्ड पनि नेटोको सत्रमा सहभागी भएका थिए । नेटोको बैठकमा जापानको मन्त्री सहभागी भएको यो पहिलो पटक हो । चार एसिया–प्रशान्तका मुलुकहरूलाई आमन्त्रण गरेर नेटो र अमेरिकाले रुसविरुद्ध थप मुलुकलाई आफूतर्फ आकर्षित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रवि सुतिरहेको तस्विर भाइरल गर्नेलाई प्रहरीले कारबाही गर्नेदेखि सरकारी कामकाजमा जनयुद्ध शब्द प्रयोग नगर्न आदेशसम्म
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन