संयुक्त राष्ट्र मानवाधिकार परिषदबाट निकालिएकोमा रुसले के भन्यो ?
![संयुक्त राष्ट्र मानवाधिकार परिषदबाट निकालिएकोमा रुसले के भन्यो ?](https://rpcdn.ratopati.com/media/albums/russia_7VXnaIwtRA.jpg)
संयुक्त राष्ट्र महासभाले बिहिबार रुसलाई संयुक्त राष्ट्र मानवाधिकार परिषदबाट निलम्बित गरिदियो । त्यसपछि रुसले यो निर्णय मानवाधिकारको स्थितिको आधारमा नभई पश्चिामी देशको प्राथमिकतामा ध्यान राखेर लिइएको निर्णय बताएको छ ।
संयुक्त राष्ट्रमा रुसको मिसनले सोसल मिडियामा बयान जारी गर्यो । यसमा भनिएको छ, ‘अमेरिकाको यो प्रस्ताव अवैध र राजनीतिबाट प्रेरित छ । यसको उद्देश्य एउटा यस्तो सम्प्रभु राष्ट्रमाथि दबाब बनाउनु हो जोसँग स्वतन्त्र विदेश र घरेलु नीति छ ।’
रुसले भनेको छ, ‘यो प्रस्ताव विश्वव्यापी सम्बन्धका लागि खतरनाक छ र निलम्बन अघि नै ७ अप्रिल, २०२२ मा रुसी संघले मानवाधिकार परिषद्बाट बाहिर निकाल्ने निर्णय गरेको छ ।’
Ambassador @GGatilov on Russia's withdrawal from the #UNHCR:
— Russian Mission in Geneva (@mission_russian) April 7, 2022
💬 It is regretful to state that a single group of countries, which does not mind using it for its opportunistic purposes, has monopolized the current @UN_HRC
📄 full statement (🇷🇺/🇬🇧): https://t.co/2VPK2nL1Kp pic.twitter.com/gD8gCpBI59
रुसले पनि केही देशको समूहले मानवाधिकार परिषद्लाई आफ्नो स्वार्थका लागि प्रयोग गरिरहेको बताएको छ ।
युक्रेनी शहर बुचामा मानवअधिकार उल्लंघन गरेको आरोप लागेपछि बिहिबार संयुक्त राष्ट्रसंघले रुसलाई मानवअधिका परिषद्बाट बहिष्कार गर्ने निर्णय गरेको थियो ।
संयुक्त राष्ट्रसंघमा रुसलाई युएनएचसीआरबारट निलम्बन गर्ने प्रस्तावमा ९३ देशले समर्थनमा, २४ देशले विरोधमा भोट गरे । ५८ देश अनुपस्थित रहे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार