राष्ट्र बैंकका अधिकारीले ३० हजार डलर बार्गेनिङ गरेको अर्थमन्त्रीलाई सूचना
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकको सञ्चालक समितिमा रहेका एक सदस्यले नै बार्गेनिङ गरेको सूचना पाएको बताएका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेशनल कन्फ्रेन्स अन इकोनोमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । सञ्चालक समितिको सदस्यले नेपाल बंगलादेश बैंक र नबिल बैंकबीचको मर्ज सन्दर्भमा बार्गेनिङ गरेको मन्त्री शर्माको भनाइ छ ।
‘मेरो बैंक खाता रोकियो भन्दा त्यो के हो बुझ्न दिनुस् भन्दा ठूलो विषय बनाएर मिडिया खोजेर गोप्य कुराहरु त्यहाँ पुर्याइन्छ किन ?’, अर्थमन्त्री शर्माले भने, ‘कतिपय सूचनाहरु हुन्छन्, रिपोर्ट गर्नुपर्ने रिपोर्ट हुँदैन । बदमासी भइरहेको हुन्छ । एउटा सञ्चालक समितिले बार्गेनिङ गरेको सुनेको छु, आधिकारिक कुरा थाहा छैन मलाई । ३० हजार डलर चाहियो भनेर बार्गेनिङ गरेको सञ्चालक समिति सदस्यले । अनि हाम्रो यहाँ पारदर्शिता हुन्छ ? यस्ता कुराहरु हामीले सच्याउनु पर्छ ।’
उनले राष्ट्र बैंकका गोप्य सूचनाहरु राष्ट्र बैंककै उच्च अधिकारीहरुले मिडियामा दिने गरेको आरोप लगाए । कुनै नागरिक समस्या परेर निवेदन दियो के रहेछ हेरिदिनुस् भन्दा मिडिया खोजेर त्यहाँ गोप्य कुराहरु किन पुर्याइन्छ भनेर प्रश्न गरे ।
त्यस्तै अर्थमन्त्री शर्माले नेपाल र श्रीलंकाबीच तुलना हुन नसक्ने बताए । उनले श्रीलंका र नेपालको ऋण, उत्पादन क्षेत्र, विदेशी लगानी र ऋण सहायताको कुरालाई हेर्दा समेत तुलना हुने कुरा नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुला–तिङ्कर सडक निरीक्षण गर्न दुई मन्त्री दार्चुलामा
-
सुदूरपश्चिम रोयल्सको एयरलाइन्स पार्टनरमा नेपाल एयरलाइन्स
-
नुवाकोटमा दुई सय दश जना किसान सम्मानित
-
काठमाडौँ उपत्यकामा खानेपानीका पाइपलाइन मर्मत गरिँदै
-
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
-
बक्यौता नतिर्ने उद्योगका सञ्चालकहरूको घरमा लाइन काट्ने प्राधिकरणको तयारी