तालमेलको आव्हानसहित सत्ता गठबन्धनले संयुक्त वक्तव्य जारी गर्ने
सत्ता गठबन्धनमा रहेका पाँच दलले स्थानीय चुनावमा देशव्यापी तालमेलको आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गर्ने भएका छन् । नेपाली काँग्रेसका एक नेताले दिएको जानकारी अनुसार गठबन्धन दलका शीर्ष नेताको हस्ताक्षरसहित देशव्यापी तालमेल गर्न आव्हान गर्दै संयुक्त वक्तब्य जारी गर्न लागिएको हो ।
‘रामचन्द्र पौडेलजीको संयोजकत्वमा बनेको कार्यदलले सार्वजनिक अपिल ड्राफ्ट गरिरहेको छ, गठबन्धनका मुख्य नेताहरुको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने र संयुक्त वक्तव्य जारी गर्ने गृहकार्य भइरहेको छ’ ती नेताले रातोपाटीसँग भने,‘सायद एक दुई दिनभित्रै वक्तव्य आउँछ ।’
गठबन्धनमा आवद्ध दलका नेताहरुबीच शुक्रबार बिहान बालुवाटारमा भएको अनौपचारिक छलफलमा पनि संयुक्त वक्तव्य जारी गर्नेबारे नेताहरुबीच छलफल भएको बताइएको छ । छलफलमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्डका साथै कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का लगायतको सहभागिता थियो । बैठकमा एकीकृत समाजवादीका नेता झलनाथ खनालको पनि सहभागिता थियो ।
सत्ता गठबन्धनले ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा मेयर र उपमेयरहरुको उम्मेदवारी केन्द्रबाटै टुंगो लगाउने र बाँकी स्थानीय तहमा मातहतका पार्टी कमिटीले उम्मेदवार तय गर्नेगरी यसअघि नै निर्णय गरिसकेका छन् ।
शुक्रबार बालुवाटारमा शीर्ष तहमा भएको छलफलमा सहभागी एक नेताले भने,‘यसबारे छलफल त भइरहेको छ तर ठोस रुपमा टुंगो लाग्न बाँकी छ ।’ आगामी बैशाख ३० गते स्थानीय तहको चुनाव हुदैछ । त्यसका लागि शुक्रबार रातिबाट निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु भएको घोषणा गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद ऐन संशोधन : न्यून दरको प्रतिस्पर्धा अन्त्य हुने, निर्माण क्षेत्र उत्साहित
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण