आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तीन दिनभित्र उम्मेदवार सिफारिस गर्न लोसपाको निर्देशन

शुक्रबार, २५ चैत २०७८, १२ : ०८
शुक्रबार, २५ चैत २०७८

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन दिन स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको छ । सबै जिल्लाको केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा गरिएको विस्तारित बैठकले आगामी चैत २९ गते स्थानीय तहका प्रमुख र उपप्रमुखको नाम सिफारिस गर्न निर्देशन दिएको हो ।

केन्द्रबाट गठबन्धन गर्नुको औचित्य नदेखिएकाले स्थानीय आवश्यकतामा तालमेल गर्न निर्देशन दिएको लोसपा नेता केशव झाले बताए । ‘स्थानीय तहमा केन्द्रबाट गठबन्धन गर्नुको कुनै अर्थ र औचित्य नभएकाले स्थानीय तममै आफुनो आवश्यकता र औचित्यका आधारमा चुनाव जित्नेगरी गठबन्धन गर्न भनेका छौ’ झाले भने, ‘उम्मेदवार छनोट गर्दा अघिल्लो पटक जितेका जनप्रतिनिधिहरुको राम्रो पर्फरमेन्स छैन र भ्रष्टाचारमा लिप्त छन भने रिपिट नगर्न अनुरोध गरेका छौ ।’

अघिल्लो पटक राजपाबाट २४ प्रमुख र ३१ उपप्रमुख जितेको थियो । तर आगामी निर्वाचन भने यसअघिको भन्दा राम्रो गर्ने लोसपाको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप