शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

जोखिमपूर्ण रातो नदीको पुल मर्मत सम्भारको माग गर्दै स्थानीयद्वारा सडक अवरुद्ध

शुक्रबार, २५ चैत २०७८, ११ : ४४
शुक्रबार, २५ चैत २०७८

महोत्तरीको बलवा नगरपालिकास्थित रातो नदीको पुल जोखिमपूर्ण रहेकाले स्थानीयवासीहरुले बाटो अवरुद्ध पारी तत्काल मर्मत सम्भारको माग गरेका छन् ।

जनकपुर–भ्रमरपुरा–बलवा हुलाकी सडकखण्ड अन्तर्गत पर्ने महोत्तरीको बलवा नगरपालिकाको बनचौरीस्थित रातो नदीको पुलमुनि खाडल छ । सो पुलमुनिको माटो नै नरहेपछि निकै जोखिम पूर्णरुपमा सवारी साधन संचालन हुँदै आएको छ ।

स्थानीय वृषेश महतोले लामो समयदेखि आवाज उठाउँदा पनि सरोकारवालाले वास्ता नगरेपछि बाध्य भएर सडक अवरुद्ध गरेको जनाएका छन् ।

उनले जोखिमपूर्ण पुल हुँदै चारपाङ्ग्रे सवारीसाधन समेत संचालन गर्दा पनि सोको मर्मत सम्भारका लागि ध्यान नदिँदा स्थानीयवासीहरुले सो पुललाई घेरबार गर्दै सडक अवरुद्ध गरेको बताए ।

स्थानीयहरुले सो पुल मर्मतका लागि माग गर्दै बिहान सडक अवरुद्ध गरि बिरोध जनाएको छ ।

पुलसँगै बनेको खाडलको कारण सवारी दुर्घटना बढेको भन्दै  स्थानीयबासीले तत्काल सडक तथा पुल मर्मत बनाउनु पर्ने माग गरेका छन् । सडक नबनाइए पुरै सडक जाम गरीने स्थानीयले चेतावनी समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप