शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

रुसलाई जी-२० बाट हटाउन मुश्किल

शुक्रबार, २५ चैत २०७८, ११ : ३९
शुक्रबार, २५ चैत २०७८

क्राइमियामा कब्जा गरेपछि रुसलाई जी–८ को फोरमबाट बाहिरिनु परेको थियो । रुस सन् २०१७ मा जी–८ बाट हटाएपछि फोरम जी–७ मा सीमित भएको थियो । पुनः एक पटक युक्रेन हमला गरेपछि रुसलाई जी–२० बाट हटाउने प्रयास भइरहेको छ । अमेरिकाले रुसलाई जी–२० बाट हटाउने पुरा कोसिस गरिरहेको छ । 

यस वर्ष अक्टोबर–नोभेम्बरकाबीच जी–२० का देशका राष्ट्राध्यक्षको बैठकको  आयोजना हुने भएको छ । यो बैठक पहिले अमेरिका र पश्चिमा देश यो फोरमबाट  रुसलाई अलग गर्ने कोसिस गरिरहेका छन् । तर के रुसलाई जी–२० को फोरमबाट अलग गर्न सजिलो छ ? के जी–२० पनि जी–१९ हुने छ ? यस्तो हुन केही मुश्किल देखिन्छ ।

रुसलाई मिल्नेछ ३ देशको सहयोग
विदेश नीतिका जानकारहरुलाई मान्ने हो भने युक्रेनमाथि हमलापछि यस्तो स्थिति अझैपनि बनिरहेको छ, जस्तो जी–८ देशबाट रुसलाई निलम्बित गर्ने समय बनेको थियो । तर, दुवै फोरमको संरचना फरक फरक छ । जी–८ का बाँकी साता देशमा क्यानडा, फ्रान्स, जर्मनी, जापान, बेलायत, अमेरिका र युरोपेली संघ समावेश थिए ।

यो फोरममा भारत–चीन वा दक्षिण अफ्रिका जस्ता देश समावेश थिएनन् । यो जी–२० को फोरमा यी तीन आर्थिक शक्ति समावेश छन् ।
जी–२० ले विश्वका ८० प्रतिशत अर्थव्यवस्थाको नेतृत्व गर्छन्  र करिब करिब यो पुरा विश्व नै हो । जी–२० देशमा यो स्पष्ट छ कि भारत, चीन र दक्षिण अफ्रिका  कहिले पनि रुसलाई निलम्बन गर्ने विषयमा समर्थन गर्दैैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप