शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘मुन्द्रेको कमेडी क्लब’मा भित्रिँदै दमन

शुक्रबार, २५ चैत २०७८, ११ : २२
शुक्रबार, २५ चैत २०७८

जीतु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ मा हास्य कलाकार दमन रुपाखेती पनि अटाउने भएका छन् । जीतुले शोमा दमन पनि समेट्न लागेको जानकारी दिए । ‘दमनलाई पनि शोमा समेट्ने प्रयास गर्दैछु’ जीतुले भने, ‘पहिले टीभी फिक्स गरौ । त्यसपछि कलाकार र टिम सार्वजनिक गर्नेछु ।’ जीतुले अहिले सेट डिजाइन र टीभी फाइनल गर्ने काम भइरहेको बताए ।

धेरै पहिले जीतु र दमन जोडीका रुपमा कलाकारितामा देखिने गर्दथे । त्यतिबेला दुबै जोडी हिट मानिन्थ्यो । पछिल्लो समय भने यी दुबै एक्लै एक्लै देखिँदै आएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ केही समय अगाडि बन्द भएको थियो । त्यसलाई परिमार्जित गर्दै निर्देशक दिनेश डिसी भित्र्याएर जीतुले शो ल्याउन लागेका हुन् । शो छिट्टै आउने जीतुले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप