एमालेले ओलीको गृहनगरमा आज मेयर छान्ने, झापाका १२९ वडामा जुटेन सहमति
नेकपा एमालेले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झपाको दमकमा मेयरका लागि उम्मेदवार सिफारिस गर्ने भएको छ । जिल्लाका १३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपछि करिब १२९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ ।
नेकपा एमाले दमक नगरकमिटीका एक नेताका अनुसार शुक्रबार बस्ने नगर कमिटीको बैठकले मेयरका उम्मेदवार छानेर माथिल्लो कमिटीलाई सिफारिस गर्नेछ । दमकको मेयरको उम्मेदवारका आकांक्षी तीन जना भएपनि वर्तमान उपमेयर गीता अधिकारीलाई नै एमालेले अघि सार्ने सम्भावना रहेको छ । गीताको नाममा सहमति नजुटे भोटिङका आधारमा नाम तय गरिने बताइएको छ ।
एमालेका अनुसार झापामा रहेका जम्मा १३१ वडामा सर्वसम्मत उम्मेदवार छान्ने प्रयास भएपनि त्यो सफल हुन नसकेको बताइएको छ । सर्वसम्मत उम्मेदवार तय गर्न नसकेपछि मतदानबाट १३१ मध्ये १२९ वडामा मतदानबाट उम्मेद्वार छान्ने तयारी भएको बुझिएको छ ।
दमक ओलीको गृहनगर भएकाले यो स्थानीय तहलाई सर्वाधिक चासो र हटसिटका रुपमा लिइएको छ । १० वटा वडा रहेको यो नगरपालिकामा यसअघि मेयर र उपमेयर दुवैमा एमालेले जितेको थियो । त्यसमध्ये एमालेले ८ वडा जितेको थियो भने राप्रपाले २ वडामा जित हासिल गरेको थियो । यो नगरपालिकामा काँग्रेस र माओवादीले भने कुनैपनि वडाध्यक्ष जितेका थिएनन् ।
अघिल्लो चुनावमा मेयरका प्रतिस्पर्धामा राप्रपाका राम थापा दोस्रो भएका थिए भने माओवादीका गगन पुरी तेस्रो र काँग्रेस उम्मेदवार चौथो भएका थिए ।
विगतको समग्र मत परिणाम हेर्दा दमकमा काँग्रेस दोस्रो स्थानमा देखिन्छ तर मेयर पदमा राप्रपाका राम थापा व्यक्तिगत भोटका आधारमा दोस्रो स्थानमा छन् ।
झापा जिल्लामा नगरपालिका र पालिका गरी १५ वटा स्थानीय तह छन् । जिल्लाभरको तथ्यांकअनुसार यसअघि २०७४ को निर्वाचनमा ७८ वडामा एमालेले जितेको थियो भने काँग्रेस ३९, राप्रपा ७, माओवादी ६ र स्वतन्त्रका १ उम्मेदवारले जितेका थिए ।
त्यस्तै १५ पालिकामध्ये सातमा एमालेले प्रमुख जितेको थियो भने काँग्रेसले ५ र राप्रपाले ३ पालिकामा जितेको थियो । त्यसैगरी उप्रमुखतर्फ एमालेले १२, काँग्रेसले २ र राप्रपा १ जितेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
